Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पकहा मैनपुरको बोलाईएको गाउँ सभामा गणपुरक संख्या नपुग्दा हुन सकेन

spot_img
spot_img

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकाको आज बोलाइएको गाउँ सभा गणपुरक संख्या नपुग्दा स्थगित भएको छ । गाउँ कार्यपालिका कार्यालयमा बोलाइएको गाउँ सभामा उपाध्यक्ष सहित १५ जना गाउँ सभा सदस्य अनुपस्थित भए पछि गाउँ सभा हुन नसकेको हो ।

उपाध्यक्ष कुसुमी देवी सहित १५ जना गाउँ सभा सदस्यले कार्तिक ४ गते वीरगंजमा पत्रकार सम्मेलन गरी आफुहरुको मांग पुरा नभए कार्तिक ८ गते हुने गाउँ सभा बहिस्कार गर्ने जनाएका थिए । सोही अडान अनुसार गाउँ सभा सदस्यहरु आज बोलाइएको गाउँ सभामा सहभागि नभए पछि ५ महिना पछि पनि गाउँ सभा गर्ने गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुको प्रयास असफल भएको हो ।

गाउँ कार्यपालिका कार्यालयले कार्तिक ८ गते हुने गाउँ सभामा उपस्थित हुन पत्र काटे पनि सो सम्बन्धमा आफुहरु पत्र नबुझेको गाउँपालिकाकी उपाध्यक्ष कुशमीले वताईन । कालिका टाईम्स संग कुरा गर्दै उपाध्यक्ष कुशमीले आज हुने भनिएको गाउँ सभा आफु सहित १५ जना गाउँ सभा सभा सदस्यहरु बहिस्कार गरेको समेत वताईन ।

उपाध्यक्ष पक्षका १५ जना गाउँ सभा सदस्यहरु आज वीरगंज पुगेका थिए भने वीरगंज मै बैठक बसी कार्तिक ८ गते बोलाइएको गाउँ सभा आफुहरु बहिस्कार गरेको प्रेस बिज्ञप्ती जारी गरेका छन् । गाउं सभा बहिस्कार गर्नेहरुमा उपाध्यक्ष कुसुमी सहित कार्यपालिका सदस्य महम्मद जाकिर हुसेन, शिला देवी, वडा सदस्य अनिल साह, महेन्द्र राम, जगदिश दास, ईद्रिस मियाँ, बिनोद सहनी, गोपाल बैठा, बिश्वनाथ चौरसिया, रमावती देवी, सन्जु देवी, सोना देवी र देवरती देवी रहेका छन ।

उपाध्यक्ष पक्षले संघर्ष समिति नै गठन गरी २ महिना पहिला विभिन्न माग राख्दै गाउँपालिका अध्यक्ष विजय चौरसिया र प्रमुख प्रशासकिय अधिकृत सुनिल चौरसियालाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउदै असन्तुष्ट गाउँ सभा सदस्यहरुले विगतको आर्थिक बर्षको आय व्यय गाउँपालिकाको वेभसाईटमा साइटमा राख्नु पर्ने, गाउँ परिषद गर्नको लागि जनताको सल्लाह, सुझाव बमोजिम हरेक वडाबाट वडा समितिको निर्णय अनुसार योजना संकलन गर्नु पर्ने, पकहा मैनपुर स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स मर्मतको नाममा ५ लाख खर्च भुक्तानी भए पनि हाल सम्म संचालनमा नआउनुको कारण जानकारी गराउनु पर्ने, आ.व. २०७५/०७६ धारा जडानको लागि रु ९ लाख निकासा भए पनि धारा जडान नभएकोले कहां खर्च भएको प्रष्ट पार्नु पर्ने, आ.व. २०७५/०७६ मा भागबन्डाको अधारमा भएको अनियमित तरिकाले नातागोताको न्युक्ति खारेज गरी पारदर्शी रुपमा विज्ञापन गरी गर्नु पर्ने ५ बुंदै मांग राखेको थियो ।

सोही मांग आझ सम्म सम्बोधन नभएका कारण आफुहरु गाउँ सभा बहिस्कार गर्न बाध्य भएको गाउँ सभा सदस्य तथा वडा नं. ५ का वडा सदस्य महेन्द्र रामले वताए ।

गाउँपालिका अध्यक्ष चौरसिया र सबै वडाध्यक्षहरु गरी १३ जना कार्तिक ८ गते शुक्रबार बोलाइएको गाउँ सभामा उपस्थित भए पनि गणपुरक संख्या नपुगेका कारण अर्को गाउँ सभा सोमबार बोलाउन पत्र काटने निर्णय सहित स्थगित भएको वडा नं. २ का वडाध्यक्ष बृजमोहन पाण्डेले वताए ।

यस सम्बन्धमा बुझन गाउँपालिका अध्यक्ष चौरसिया र प्रमुख प्रशासकिय अधिकृत चौरसिया संग फोनमा सम्पर्क गर्दा पनि फोन नउठेका कारण सम्पर्क हुन सकेन ।

गाउँ सभा हुन नसकेर आ.ब. २०७६/०७७ को बजेट, नीति तथा कार्यक्रम तय हुन नसक्दा गाउँपालिकाको बिकास निर्माणको काम प्रभावित भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...