Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

ड्राइपाेर्टमा चाैथाे दिन पनि सडक अवरुद्ध : सवारीसाधन आवागमन प्रभावित

spot_img
spot_img

वीरगंज । वीरगंज ड्राइपाेर्टमा आज चाैथाे दिन पनि सडक अवरुद्ध गरी स्थानियहरु धर्ना बसेका कारण सवारीसाधन आवगमन प्रभावित भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसिया स्थित सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी बीचको रोक्का राखिएको जग्गाकाे उचित मुअबजाकाे मांग गर्दै स्थानिय जग्गा धनीहरुकाे आन्दाेलनका कारण दिनहु जसाे सडक अवरुद्ध हुदै आएकाे  छ । सडक अवरुद्धका कारण लामाे तथा छाेटाे दुरीकाे सम्पूर्ण सावारी साधन आवगमन पूर्ण रुपले ठप्प हुने गरेकाे छ । सवारी साधन आवागमन प्रभावित हुदा यात्रुहरुलाई सास्ती भाेग्नु परेकाे छ ।

प्रति कट्ठा जग्गाको न्यूनतम २४ लाख देखि अधिकतम ६७ लाख रुपैयाँ सम्म मुआवजा दिने निर्णयकाे विरुद्ध बिहिबार देखी नै स्थानिय जग्गा धनीहरु सडक अवरुद्ध गर्दै आएका छन् । विहान ११ बजे देखी ३ बजे सम्मकाे पर्सा जिल्लाई सदरमुकाम वीरगंज संग जाेड्ने मुख्य सडक अवरुद्ध हुदा यात्रुहरुलाई सास्ती भाेग्नु परेकाे हाे ।

स्थानियहरुकाे सडक अवरुद्धका कारण सुक्खा बन्दरगाह र एकिकृत जाँच चाैकी पनि प्रभावित हुने गरेकाे छ । साे सडक खण्ड भएर चल्ने छाेटाे तथा लामाे दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् भने सुक्खा बन्दरगाह र एकिकृत जाँच चाैकीबाट पनि कुनै सवारी साधनहरु आवत जावत हुन सकेकाे छैन ।

३ बर्ष देखी राेक्का राखिएकाे जग्गाकाे फुकुवा गर्नु पर्ने अथवा उचित मुअबजा दिनु पर्ने मांग गर्दै अतिक्रमित बस्ती बिरुद्धकाे संघर्ष समितिकाे अवहानमा आन्दाेलन हुदै आएकाे छ । जारी आन्दाेलनमा विभिन्न दलका नेताहरु धर्ना स्थल मै पुगी समर्थन तथा एकबद्धता जनाइरहेका छन् ।

चाैथाे दिनकाे धर्ना कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चाैरसिय, पर्सा सभापति अजय द्विवेदी, नेता राजेन्द्र बहादुर अमात्य, रामरुप कुर्मी, प्रदेश सांसद करिमा बेग्म पुगी जारी आन्दाेमा समर्थन तथा एकवद्धता जनाएका हुन् ।

भाेली साेमबार पनि आन्दाेलन जारी रह्ने र विहान ११ बजे देखी ३ बजे सम्म सडक अवरुद्ध गरी धर्ना बस्ने कार्यक्रम रहेकाे संघर्ष समितिका संयाेजक अमिका प्रसाद पटेलले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...