Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

शंकराचार्यद्वारमा चाैथाे शनिबार पनि सरसफाई

spot_img
spot_img

वीरगंज । भाेलन्टियर समुहले आज चाैथाे शनिबार पनि नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेटकाे सरसफाई गरेकाे छ । बिरगंज स्थित रहेकाे नेपाल मुख्य प्रबेशद्वार शंकराचार्य र त्यस वरिपरिकाे क्षेत्रकाे चाैथाे हप्ता पनि सरसफाइ गरिएकाे भाेलन्टियर वीरगंजका महासचिव श्याम सरार्फले वताए ।

सरसफाई कार्यक्रममा विगतका शनिबार जस्तै वीरगंज महानगरपालिकाले दमकल पठाएर सहयाेग गरेकाे सरार्फले जानकारी गराए । भाेलन्टिय समुहले शंकराचार्यद्वारकाे सरफाईलाई निरन्तरता दिए पछि साे क्षेत्र पहिला भन्दा सफा देख्न थालेको छ ।

volunteer sarsafai 4th week_kalikatimes

भाेलन्टियर वीरगंजका उपाध्यक्ष करणा यादवकाे अध्यक्षतामा भएकाे सरसफाई कार्यक्रममा मुख्यमन्त्री संवस्छता अभियानका संयोजक सलाउदिन अहमद, समाजिक अभियान्ता प्रकाश थारू, महिला नेत्री रम्भा मिश्र, विद्यार्थी नेता इशक कुमार, कमलेश कुश्वाहा, दिलपाल साह, करण यादव, अनिष कान्त कुश्वाहा, दयाशंकर सरार्फ, विंकी सरार्फ, राधेश्याम साह, आकाश सरार्फ लगायतकाे सहभागीता रहेको थियो।

बिरगंज रक्सौल नाका प्रबेशद्वार क्षेत्र साप्ताहिक सरसफाई अभियानको चाैथाे हप्ताकाे सरसफाई कार्यक्रममा देशभरीको महिला र बालबालिकाको पहल अभियानको अभियन्ता शामिल भएका छन् । चितबनको आरती धिमिरे, गोदावरीको रंजिता श्रेष्ठ, तारा खड़का, तिलौराकोट बुटवलको नीरा तिमिलसिना, तिनकुने सरसफाई अभियन्ता श्रुति सिंह, जनकपुर ईं. निशांत कुमार, सिरहा सरसफाई अभियन्ता डॉक्टर संजय साह, हेटोडा मकवानपुरका माया न्यौपाने, राैतहटका शितान्सु सिंह सहभागिता जनाएका हुन् ।सरसफाइ कार्यक्रममा जन्मदिनको अवसरमा एक जना महिलाले मास्क र गल्भस अभियानको लागी सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...