Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

एकै दिन ३ ठाउँमा भएकाे कार्यक्रममा एक सय ४४ जनाद्वारा रत्तदान

spot_img
spot_img

वीरगंज । पर्सा र बारा गरी शनिबार ३ ठाउँमा भएकाे रक्त्तदान कार्यक्रममा एक सय ४४ जनाले रक्त्तदान गरेका छन् । एकै दिन ३ ठाउँमा भएकाे रक्त्तदान कार्यक्रममा एक सय ४४ जनाले रक्त्तदान गरेकाे रक्त्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डेले वताए ।

राइनो युवा क्लबले आयोजना गरेकाे रक्त्तदान कार्यक्रममा २ महिला सहित ६७ जना रक्तदान गरेका छन् । नेपाली कांग्रेस र बिरगंज महानगरपालिकाको सहयोगमा बिरगंज स्थित रेल्वे रोडमा रहेकाे रात्री कालिन स्कुलमा रक्त्तदान कार्यक्रम भएकाे थियाे । नेपाली कांग्रेसका क्षेत्रिय सभापति बिजय सरार्फकाे अध्यक्षता र नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेेदीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पूर्व सांसद अनिल रुङ्गटा, नेपाली कांग्रेसका नेता जनार्धन सिंह क्षेत्री, पर्साका सचिव श्याम पटेल, युवा नेता नविन सिंह, राकेश यादव, बद्रीनाथ तिवारी, रबिन्द्र ठाकुर, आयाेजक क्लबका अध्यक्ष राम प्रसाद गुप्ता लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

nepali congresh_kalikatimes

यस्तै नेपाल रेडक्र्स सोसाइटी पर्साको ५५ औ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कार्यक्रममा रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेल, शैलेन्द्र कुमार चौरसिया, सिवानी श्रेष्ठ, राजिव गुप्ता, शिभव अर्याल, राजु स्वर्णकार, गङ्गा भट्टराई, आस्था तामाङ, असलोक सिंह लगायत ५ महिला सहित २१ जनाले रक्तदान गरेका थिए ।
blood donections3_kalikatimes
यस्तै बाराकाे प्रसाैनी गाउँपालिका वडा नं. ६ प्रस्टाेका बजारमा भएकाे रक्त्तदान कार्यक्रममा ५६ जनाले रक्त्तदान गरेका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद अन्सारीका आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति, तथ्यमा आधारित परीक्षणका लागि तयार

वीरगंज । बारा ४ का प्रतिनिधि सभा सदस्य (सांसद) रहबर अन्सारीले शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका...

परवानीपुरका प्रमुख प्रशासकीय अधिकृत रौनियारको बिदाइ, रायको स्वागत

वीरगंज । बाराको परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारको बिदाइ तथा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन रायको स्वागत गरिएको छ । संघीय मामिला...

ठगी तथा संगठित अपराधमा १९ वर्ष कैद तोकिएका दुई फरार अभियुक्त पक्राउ

वीरगंज । ठगी तथा संगठित अपराध मुद्दामा १९ वर्ष कैद र १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकिएका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको...