Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगन्जमा पाँच हजार रुख रोपिने अभियान सुरु

spot_img
spot_img

वीरगन्ज । बढ्दो वायु प्रदुषणलाई कम गर्ने उदेश्यका साथ वीरगन्जमा पाँच हजार रुख रोपिने अभियानको आज देखि सुरुवात भएको छ ।  लायन्स क्लब अफ वीरगन्ज गेटवेलको अयोजनामा वीरगन्जको नगवामा अवस्थित फोहर व्यवस्थापन केन्द्रमा विभिन्न प्रजातिका पाँच सय रुख रोपिदै सो अभियानको थालनी गरिएको हो ।

 लायन्स क्लब अफ वीरगन्ज गेटवेलले आयोजना गरेको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले रुख रोपि उक्त अभियानको सुरुवात गर्नु भएको हो । नगवामा निर्माण भइरहेको फोहर व्यवस्थापन केन्द्रबाट उत्षर्जन हुने वायु प्रदुषणलाई कम गर्न उक्त स्थानमा बढी अक्सिजन उत्सर्जित गर्ने प्रजातिका रुख रोपिन लागिएकोे आयोजकले जनाएका छन् ।

कार्बनडाई अक्साइडलाई ग्रहण गर्दै बढी अक्सिजन उत्पादन गर्ने निम, पिपल, अमला लगाय विभिन्न प्रजातिका पाँच हजार रुख रोपिने योजना रहेको लायन्स क्लब अफ वीरगन्ज गेटवेका अध्यक्ष डा. महेश्वर प्रसादले जानकारी दिनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले बढ्दो वायु प्रदुषणलाई नियन्त्रण गर्न वृक्षारोपन वाहेको अर्को विकल्प नभएकाले महानगर भित्र रहेका प्रतेक घरमा कम्तीमा चारवाट रुख अनिवार्यरुपमा  रोपनु पर्ने महानगपालिकाले कानुन बनाएको बताउनुभयो ।

लायन्सले सुरु गरेको उक्त अभियान अन्र्तरगत एक महिना भित्र वीरगन्जको विभिन्न स्थानमा पाँच हजार रुख रोपिने योजना रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...