Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

मेयर कल्याणकारी काेषबाट संचालित आँखा शिबिर छपकैयामा सम्पन्न

spot_img
spot_img

बिरगंज । वीरगंज महानगरका मेयर कल्याणकारी कोषद्धारा संचालित आँखा शिविर आज बिरगंजकाे बजार छपकैयामा सम्पन्न भएकाे छ । मेयर कल्याणकारी काेषद्वारा अभियानकै रुपमा संचालित निशुल्क आँखा शिबिर वीरगंज महानगरपालिकाकाे वडा नं. १ छपकैयामा सम्पन्न भएकाे हाे ।

श्री पंडित राम्देनी अधारभुत बिधालय छप्कैयामा भएकाे  शिविरमा २ सय २ जनाले आँखा परिक्षण गराएकाे मेयरका राजनितिक सलाहकार मुकेश द्विवेलीले वताउनुभयाे । जस मध्ये ५१ जनामा माेतियाविन्द फेला परेकाे द्विवेदीले जानकारी गराउनुभयाे ।

शिविरकाे उदघाटन महानगरपालिकाका मेयर विजय कुमार सरावगीले गर्नु भएकाे थियाे । शिविरकाे उदघाटन गर्दै मेयर सरावगीले आर्थिक अभावमा काेई पनि आँखाकाे उपचारबाट बंचित नहाेस भन्ने उद्देश्यले आँखा शिविर संचालन गरिएकाे वताउनुभयाे ।

नगर प्रमुख सरावगीले शिविरमा फेला परेका मोतीयाबिन्दको नि:शुल्क शल्यक्रिया समेत गरिने वताउनु भयाे । शिविर अन्तर्गत माेतियाविन्द फेला परेका सम्पूर्णकाे बस सेवा मार्फत मतृका आइ फाउन्डेसनमा पुर्याई मंसिर २७ गते देखि पुष ३ गते सम्म शल्यक्रिया गरिने मेयर सरावगीले जानकारी गराउनु भयाे ।

मातृका आइ फाउन्डेसनको सहयोगमा बिरगंज महानगरपालीका मेयर कल्याणकारी कोषद्वारा शिबिर संचालन हुदै आएकाे छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज साहको अध्यक्षतामा भएकाे शिविरमा मेयरका राजनितिक सल्लाहकार मुकेश दुबेदी, दिनेश साह, वडा न ३ का वडा अध्य्क्ष बैजुलाल स्वर्णकार, श्री पंडित रामदेनी तिवारी अधारभुत विद्यालयका प्रअ चन्देश चाैहान लगायत विभिन्न दलका स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...

मितेरी पुलबाट ब्राउन सुगर र गाँजासहित दुई जना पक्राउ

वीरगंज । वीरगंजस्थित मितेरी पुलबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३...