Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

सानाे पाइलाकाे कंचन झा र दिपेश सरार्फले संस्थाकाे रकम हिनामिना गरेकाे आराेप

spot_img
spot_img

वीरगंज । सानाे पाईलाका प्रमुख कार्यकारी अधिकृत कंचन झा र लेखापाल दिपेश सरार्फ विरुद्ध विदेशी मुद्राकाे अपचलन, राजश्व छली, किर्ते आदी गरी संस्थाकाे रकम हिनामिना गरेकाे आराेप लागेकाे छ ।

सानाे पाईला कै पूर्व कर्मचारी अजितम पाण्डेले कार्यकारी अधिकृत झा र लेखापाल सरार्फ विरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग, जनकपुर उच्च अदालत अस्थाई इजलाश वीरगंज, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा संस्थाकाे रकम हिनामिना गरेकाे भन्दै उजरी दर्ता गराएका छन् ।

पाण्डेले शनिबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै कार्यकारी अधिकृत झा र लेखापाल सरार्फले कराेडाैकाे भ्रष्टचार गरेकाे आराेप लगाए । नेपाल पत्रकार महासंघ पर्साकाे भवनमा भएकाे पत्रकार सम्मेलनमा वाेल्दै पाण्डेले सानाे पाईलाका कार्यकारी अिधकृत झाले नक्कली बिल भर्पाइ बनाई संस्थाकाे रकम हिनामिना गरेकाे आराेप लगाए ।

उनले भने “सानाे पाईला एक समाजिक संस्था भए पनि झाकाे एकलाैटी शसान चल्छ । उनी विरुद्ध कसैले वाेले केही दिन मै झूठाे आराेप लगाई संस्थाबाट निस्काशन गरिन्छ ।”

पाण्डेले मंसिर ११ गते उजरी दर्ता गराए पछि कार्यकारी अधिकृत झा र सरार्फलाई पक्राउ गर्न मंसिर १२ गते पक्राउ पुर्जी समेत जारी भएकाे थियाे । तर ७ दिन विति सक्दा पनि पर्सा प्रहीले दुबै जनालाई पक्राउ गर्न सकेन । पछि मंसिर १८ गते जनकपुर उच्च अदालत अस्थाई इजलाश वीरगंजले मंसिर २७ गते सम्म कुनै किसिमकाे धरपकड नगर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई आदेश दिएकाे थियाे ।

यता सानाेपाईलाले एक प्रेस विज्ञप्ती जारी गर्दै जनकपुरकाे लागु औषध दुब्र्यसनी केन्द्रमा भर्ना भएका शिक्षार्थीहरुलाई निर्ममता पूर्वक कुटपिट हुने, उनीहरुलाई मापदण्ड अनुसारकाे खानपिन नभएकाे र परिवारका सदस्यहरु संग याैन दुब्र्यवहार भएकाे उजरी परे पछि कार्यक्रम प्रबन्धककाे रुपमा कार्यरत पाण्डेलाई हटाइएकाे जनाएकाे छ ।

संस्थाले ताेकेकाे ब्यक्त्तिले आन्तरिक रुपमा गरेकाे अनुसन्धानमा मुख्य जिम्मेवारी पाण्डे सहित उनकाे समुहले कुटपीट गरेको, खानपिन गुणस्तरहिन भएको, परिवारका सदस्यसँग अनैतिक सम्बन्ध स्थापित गर्ने प्रयास गरेको र रकम हिनामिना भएको पत्ता लागेको थियो । अनुसन्धान टोलीले प्रतिवेदन मुख्यालयमा बुझाएपछि संस्थाको नियम बमोजिम बोर्ड बैठकले अजितम पाण्डेसँग मौखिक र लिखित बयान तथा स्पष्टिकरणका लागि पत्राचार गरेकोमा उहाँ संस्थाको सम्पर्कमा नआई उल्टो आफु विरुद्ध लागेका आरोपबाट बचाउ गर्न उद्दत्त पाण्डे भएकाे जारी विज्ञप्तीमा उल्लेख छ ।

पाण्डेले आफु विरुद्ध कारबाही हुने निश्चित भएपछि सामाजिक सञ्जाल र त्यसपछि विभिन्न ब्यक्तिहरुसँगको सहकार्यमा उजुरी दिदैं आएकाे र संस्थाका कार्यकारी अधिकृत र लेखा प्रमुख सहित अन्य पदाधिकारी विरुद्ध कपोकल्पित र भ्रामक सूचना सम्प्रेषण देखि चरित्र हत्या गर्न लागेपछि संस्थाले लिखित रुपमा यसको उजुरी जिल्ला प्रशासन कार्यालय पर्सा र त्यसको बोद्यार्थ जिल्ला प्रहरी कार्यालय पर्सालाई गराएको सानाे पाइलाका जय साहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...