Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

वीरगंज ड्राइपाेर्टमा तेस्राे दिन पनि सडक अवरुद्ध, मेयर सरावगीकाे पुतला जलाइयाे

spot_img
spot_img

वीरगंज । वीरगंजकाे ड्राइपाेटमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी र वडा नं. २६ का वडाध्यक्ष शम्भु मिश्राकाे पुत्ला दहन गरिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ श्रीसियाको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी बीचको रोक्का राखिएको जग्गाकाे मुअबजा निर्धारणकाे विरुद्धमा पुत्ला जलाइएकाे हाे ।

साे क्षेत्रकाे प्रति कट्ठा जग्गाको न्यूनतम २४ लाख देखि अधिकतम ६७ लाख रुपैयाँ सम्म मुआवजा दिने निर्णयकाे विरुद्धमा आज आन्दाेलनकाे पाँचाै दिन पुतल दहन गरिएकाे संघर्ष समितिका संयाेजक अमिका प्रसाद पटेलले वताए । जग्गाकाे मूल्य भन्दा  कम मूल्यांकन गर्ने मुअबजा निर्णयमा हस्ताक्षर गर्ने जनप्रतिनिधि मेयर सरावगी र वडाध्यक्ष मिश्राकाे पुत्ताला जलाइएकाे संयाेजक पटेलले वताए ।

यस्तै जग्गा अतिक्रमण विरुद्धकाे संघर्ष समितिकाे अवहानमा जारी आन्दाेलनकाे पाँचाै दिन आज शनिबार पनि ६ घण्टा सडक अवरुद्ध गरिएकाे थियाे । स्थानिय जग्गा धनिहरुले विहान १० बजे देखी ४ बजे सम्म ड्राइपाेर्ट अगाडी मुख्य सडक अवरुद्ध गरी धर्ना बसेका थिए ।  राेक्का राखिएकाे जग्गा प्रति धुर ५ लाख देखी १५ लाख सम्म बिक्री हुने गरे ता पनि प्रति कठ्ठा २४ लाख देखी ६७ लाख सम्म मुअबजा दने निर्णय प्रति आपती जनाउदै स्थानिय जग्गाधनीहरु आन्दाेलित भएका छन् ।

उचित मुआवजाकाे निकास वा पुनर्वासको व्यवस्था नभए सम्म हाम्राे आन्दाेलन जारी रहने स्थानिय आशिक अंसारीले वताए । बन्दरगाह र एकीकृत जाँचचौकीबीचको राेक्का राखिएकाे ६२ बिघा जग्गाको फुकुवा गर्नु पर्ने अथवा उचित मुआवजा दिनु पर्ने हाम्राे माग रहेकाे उनले वताए

वीरगंज ड्राइपाेर्ट बस्ती अतिक्रमण विरुद्धकाे संघर्ष समितिकाे आयाेजनामा जारी सडक अवरुद्ध सहितकाे आन्दाेलनका कारण साे समयमा आवत जावत गर्ने यात्रु तथा सवारी साधनहरुलाई सास्ती भइरहेकाे छ । यस्तै भाेली आइतबार पनि विहान १० बजे देखी ४ बजे सम्म सडक अवरुद्धकाे कार्यक्रम रहेकाे संघर्ष समितिले जनाएकाे छ ।

pradip yadako ekbadhata_kalikatimes

यसै बिच ड्राइपाेटमा जारी आन्दोलन प्रति प्रतिनिधी सभा सदस्य प्रदीप यादव सहित केही प्रदेश सांसदहरुले समर्थन गर्दै ऐक्यबद्धता समेत जनाएका छन् ।  शनिवार सुख्खा बन्दरगाहको गेट अगाडि जग्गाधनीहरुले गरेको धर्ना कार्यक्रममा पुगेर पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादव , प्रदेश सभा सदस्यद्वय करिमा बेगम र जन्नत अन्सारीले आन्दोलन प्रति समर्थन तथा ऐक्यबद्धता जनाएका हुन् ।

धर्नामा बसेका प्रदर्शनकारीहरुलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य यादवले सिर्सियाका जग्गाधनीहरुको माग जायज भएको बताए । जिल्ला मुअब्जा निर्धारण समितिले निर्धारण गरेको मुअब्जा दर एकदमै थोरै छ, त्यसैले आन्द्योलन प्रति मेरो पनि समर्थन छ , उनले भने ,‘ चलनचल्तीको भाउ अनुसार मुअब्जा जग्गाधनीले पाउनु पर्छ ,सरकारले पुर्न मुल्यांकन गरेर मुअब्जाको दर बढाउनु पर्छ । सुख्खा बन्दरगाह विस्तारका लागि सरकारले ३ वर्ष देखि जग्गा रोक्का गरेर राखेका कारण जग्गाधनीहरु निक्कै मर्कामा परेको उनले बताए । उनले थपे ,‘ सरकारले कि त उचित मुअब्जा दर तोक्नु पर्छ अन्यथा रोक्का गरिएको जगगा फुकुवा गर्नु पर्छ ।

सिर्सियामा रहेको सुख्खा बन्दरगाह र र एकीकृत भन्सार जाँच चौकी (आइसीपी) बिचको ६२ बिघा जग्गा , सुख्खा बन्दरगाह विस्तारका लागि अधिग्रहण गर्ने भन्दै सरकारले ३ वर्ष देखि रोक्का गरि राखेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...