Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

किशोरी मैत्री समाज निर्माणको लागि स्थानिय निकाय संग अन्तरक्रिया

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. २९ मुसैलीमा आज बाल तथा किशोरी मैत्री समाज निर्माणको लागि स्थनिय निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किशोरी सशक्तिकरणका लागि संवाद कार्यक्रम अन्तर्गत नेपाल ग्रामीण पुनर्निमाण संस्था (आर.आर.एन)को आयोजनामा वडा कार्यलयमा भएकाे कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वाेल्दै वडा अध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारुले वडालाई पूर्ण बाल ताथा किशोरी मैत्री बनाउने उदेश्य रहेको वताए ।पछिलो वर्षमा बाल तथा किशोरीका लागि छुटियाईएको बजेटमा बाल तथा किशोरीलाई समाबेस नगरेको भएता पनि अगामी बजेट विनोयोजनको अवस्थामा बालबालिका तथा किशोरी सहभागी गराई बजेट विनोयोजन गरीने बताए ।

उनले किशोरी सशक्तिकरणका लागि संवाद कार्यक्रमले सो क्षेत्रमा बस्दै आएका किशोरीहरु आत्मनिर्भर तथा शिक्षा तर्फ अक्रष्ण बढेकाे वताए । सो वडाका स्वास्थ्य चौकीका प्रमुख इन्द्रा क्षेत्रीले चिसो समयमा बाल तथा किशोरीहरुमा देखिने स्वास्थ्य समस्या बारे कसरी सुरक्षीत रहने विषयमा प्रकाश परेकी थिइन् ।

यूरोपीएन युनिएनको सहयोग र चाईड नेपालको सहकार्यमा संचालित किशाेरी संवाद कार्यक्रम अन्तर्गत भएकाे कार्यक्रममा  स्वागत मन्तव्य इन्दु गुप्ताले गरेकी थिइन भने कार्यक्रम बारे प्रस्तुती प्रकाश पाण्डेले गरेका थिए । किशोरी सशक्तिकरणका लागि संवाद वडा २९ की संयाेजक छठी कुमारी मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा  १८ जनाको सहभागी रहेको कार्यक्रमका सुपरभाइजर सुनेश्वर प्रसाद साहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...