Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बि.वाई.सि.सि. कपको उपाधि ग्लोबल कलेजलाई

spot_img
spot_img

वीरगञ्ज  ।  वीरगञ्ज युवा च्याम्पस क्लबद्वारा आयोजित बि.वाई.सि.सि. कपको उपाधि ग्लोबल बिजनेस कलेजले जितेको छ ।

नारायणी रंगशालामा जारी इन्टर कलेज प्लस टु टि टुवाइन्टी नक आउट क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएको फाइनल खेलमा बि आई टि इन्जिनियरींग कलेजलाई ७२ रनले पराजित गर्दै ग्लोबल बिजनेश कलेजले उपाधि हात पारेको हो ।

टस जितेर ब्याटिंग गरेको ग्लोबल कलेजले २० ओभरमा २०१ रनको योगफल तयार गरेको थियो । जवाफमा २०२ रनको लक्ष्य पाएको बि आई टी कलेज सबै बिकेट गुमाएर १२९ रनमै समेटिएपछि ग्लोबल कलेज बिजय भएको हो ।

सो प्रतियोगितामा ग्लोबल कलेजका साहिल पटेल म्यान अफ दी म्याच घोषित भएका थिए ।

प्रतियोगिताका संयोजक रमितराजा अन्सारीको सभापतित्वमा भएको समापन समारोहमा आर्या एजुकेशनका उमेश पण्डित, डेसिमल कलेजका सन्नी दुबे, मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसि, नेपाल भोजपुरी समाजका अजमत अलि, गायक एस एस सोनु, ग्लोबल कलेजका श्रीराम दास, ओम श्रेष्ठ, पत्रकार महासंघ प्रदेश न. २ का सदस्य जगत राई, सञ्चाकर्मीद्वय उज्जवल घिमिरे, सुर्य नारायण बिक लगायतलाई दोसल्ला तथा मायाको चिनो सहित सम्मान गरिएको थियो ।

मंसिर २२ गतेदेखी शुरु भएको प्रतियोगिताका बिजयी खेलाडीलाई अतिथिहरुले शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेका थिए । ११ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिताको समापन समारोहको सहजिकरण असलम अन्सारीले गर्नुभएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...