Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

झुठो विवरण पेशगरी नागरिकता लिएका भारतीय नागरिक माथि कारवाही भएन

spot_img
spot_img

वीरगन्ज । भारतीय नागरिकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाण सहित सम्बन्धीत निकायमा लिखित उजुरी दिँदा सम्बन्धीत निकायले कारवाहीको प्रकृया अगाडी बढाएको छैन । भारतको राजस्थानका मुल निवासी जगदीश प्रसाद अग्रवालले जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी नेपाली नागरिकता हात पारेका हुन ।

अग्रवाल परिवारले जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरुको मिलोमतोमा नक्कली कागज प्रमाण खडा गरी २०६३ मा नेपाली नागरिकता हात पारेका हुन । जिल्ला प्रशासन कार्यालय पर्साबाट फारम नम्बर ५४२०२२ भरेर जगदीशले ३४३०२२/१३/७१४ नम्बरको नागरिता जारी गराएका छन । त्यसैगरी यिनका भाई राकेश कुमार अग्रवालले फारम नम्बर ५४२०२३ भरेर ३४३०२२/१३/६३० नम्बरको नागरिकता र छोरा अमित कुमार अग्रवालले फारम नम्बर ५४२०२४ भरेर ३४३०२२/१३/६२० नम्बरको नागरिता जारी गराएका हुन ।

जिल्ला प्रशासन कार्यालयको क्रमश फराम नम्बर ५४२०२२, ५४२०२३ र ५४२०२४ मा झुठो विवरण भरी झुठा प्रमाण कागजको आधारमा जिल्ला प्रशासन कार्यालयको कर्मचारीहरुको मिलोमतोमा २०६३ सालमा ५८ बर्षिय जगदीश र उनका भाई ४५ बर्षिय राकेश र छोरा ३२ बर्षिय अमितले एकसाथ नेपाली नागरिकता लिन सफल भएका हुन ।

राकेशका श्रीमतीले समेत नागरिकता नम्बर १६०३२३४६० नम्बरको नेपाली नागरिकता हात पार्न सफल भएका हुन । अग्रवाल परिवारले नेपाल नागरिकता ऐन २०६३ को दफा १२, १३, १४, २१, २२ (२) नम्बरको विपरीत हुदाँ सोहि कसुर अपराध गरेकोले ऐनको दफा २१,२१(२) बमोजिम दोषीलाई दण्ड सजाय गर्नको लागि देशभक्त नेपालीले गोप्य रुपमा सम्बन्धीत निकायमा हुलाक मार्फत उजुरी दर्ता गराएका हुन ।

अग्रवाल हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १० आर्दशनगरमा बस्दै आएका छन । अग्रवाल भारत राजस्थानको सरदार सहरका स्थायी निवासी हुन् । भारतमा हालै सम्पन्न लोक सभाको चुनावमा समेत सक्रियाताका साथ अग्रवाल परिवार सहभागिता जनाएका छन ।

राजसस्थानकै सरकारी टान्टीया गर्ल अपर प्राईमरी सदर सहरमा भएको मतदानमा जगदीश अग्रवालले जारी गरेका आफनो मतदाता संख्या १०७५ बाट पहचान पत्र नम्बर जेड.एक्श.वाई. ०३५६४३६ ले भोट खसालेका छन ।

राकेशले आफनो भारतीय मतदाता संख्या १०८५ बाट पहचान पत्र नम्बर एन. जेड.एक्श.वाई. ०६२५१२९ र अमितले आफनो मतदाता संख्या १०७९ बाट पहचान पत्र नम्बर एन.एच.एम.आर. १६२९२९४ ले भारतीय मिति २०१९ मई ६ तारिकका दिन भएको लोक सभा चुनावमा सक्रियताको साथ सहभागिता जनाएको प्रमाण सहित फेला परेपछि सम्बन्धीत निकायमा हुलाक कार्यालय मार्फत निवेदन दर्ता गराईएको हो ।

करिब ८ पेजको भारतीय नागरिक सहितको प्रमाण फेला परेपछि देशभक्त नेपालीले जिल्ला हुलाक कार्यालय पर्सा मार्फत जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा र गृह मन्त्रालयमा यही कार्त्तिक १९ गते उजुरी दर्ता गराएको हो ।

उजुरी दर्ता गराएको १ महिना भन्दा बढी नाघेपनि सम्बन्धीत निकाय मौन देखिएको छ । उजुरी कर्ताले नाम नबताउँने सर्तमा भने, सबै प्रमाण सहित सम्बन्धीत निकायमा उजुरी दर्ता गराएपनि अग्रवाल परिवारले पैसाको पहुचमा मुद्दा दबाउँने खेलमा पारी लागि परेको छन ।

पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफू कार्यभार सम्भालेको तीन दिन मात्र भएकोले नागरिकता सम्बन्धी परेको जाहेरी बारे आफूलाई जानकारी नभएको बताए । यदपी उनले भने, झुठो विवरण पेश गरी प्राप्त गरेको नागरिकता विरुद्ध प्रमाण सहितको उजुरी छ भने त्यसमाथि अनुसन्धान गरेर कारवाहीको प्रकृया अगाडी बढाईने प्रतिबद्धता जनाए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता विरेन्द्र बहादुर शाहीले नागरिकता सम्बन्धी जाहेरी बारे आफूलाई जानकारी नभएको बताउँदै यदी भारतीय नागरिक भएको प्रमाण सहितको जाहेरी परेको छ भने, नागरिकता ऐन २०६३ अनुसार कानुनी कारवाही गरिने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...

काठमाडाैंमा ८१ लाख भन्दा बढी रकमसहित छिपहरमाईका युवक पक्राउ

वीरगंज । हुण्डी कारोबारको आशंकामा प्रहरीले काठमाडौंको कुलेश्वरस्थित एक फलफूल पसल र डेराबाट ८१ लाख १४ हजार १८० रुपैयाँ बरामद गरेको छ । रकमसहित...