Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

शरिरमा लागु औषध लुकाइछिपाई लगिरहेकाे अवस्थामा ५ जना पक्राउ

spot_img
spot_img

वीरगंज । नेपालबाट भारततर्फ लैंजादै गरेको लागु औषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । वीरगंज महानगरपालिका वडा नं.१८ निवासी वर्ष २० को फुलमह्मद मियाँ, बर्ष २० को नौसाद हुसेन, पर्साकाे सखुवा प्रसौनी गापा वडा नं. १ मधुवन मथुवल निवासी बर्ष १९ का एजाजुल देवान, बर्ष १९ को अली हुसेन देवान र बर्ष २१ को ईजाजुल मियालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले  शनिबार दिउसाे ४:३० बजेको समयमा सरिरमा लुकाई छिपाई लैंजादै गरेकाे ७ किलाे गाँजा सहित पाँचै जनालाई पक्राउ परेका हुन् ।

बीरगंज महानगरपालिका वडा नं.१६ ईनर्वा स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा पाँचै जनाकाे साथबाट लागु औषध फेलापारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...

चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू : जिप्रका पर्सा

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना आजदेखि लागू गरेको छ । आगामी बडादसैँ, तिहार, नेपाल संवत् तथा छठलाई शान्तिपूर्ण, सुरक्षित,...

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार भएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन विशेष...