Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

पाेखरियामा गएराती ८ ठाउँमा आगलगी, आगाे व्यक्त्तिले लगाएकाे हुन सक्ने

spot_img
spot_img

वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ र ५ मा सोमबार राति ८ ठाउँमा आगलागी भएको छ । राती ९ बजे तिरदेखि शुरु भएको आगो श्रृंखलाबद्ध रुपमा ८ ठाउँमा भएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

पोखरिया नगरपालिकाको वडा नम्बर ५ सतबरियामा परालको कुन्यूबाट शुरु भएको आगो एउटा पान पसल, एउटा गाेठ, एउटा छाप्राे गरी ८ ठाउँमा भएकाे उनले जानकारी गराए । पाेखरिया नगरपालिकाकाे वडा नं. ४ पाेखरिया बजार स्थित रहेकाे प्रेम रामकाे  पान पसलमा भएकाे आगलगीमा परी रु एक लाख बराबरकाे क्षति भएकाे प्रहरी निरिक्षक सिंहले वताए ।

यस्तै वडा नं. ४ कै भरत सिंहकाे गाेठमा आगलगी भएकाे थियाे । आगलगीमा पशु चाैपाया तथा मानविय क्षति नभए पनि फुसकाे गाेठ पूर्ण रुपले जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ । यस्तै पाेखरिया बजार भन्दा ५ सय मिटर टाढा रहेकाे एउटा फुसकाे मठकाे छाप्राेमा समेत आगलगी भएकाे थियाे ।

यस्तै स्थानिय जमुना साह, सुखारी राम, भिखारी राम, विपत महारा र ठग साहकाे परालमा आगलगी भएकाे हाे । पाेखरिया गाउँ भन्दा बाहिर रहेकाे मठकाे छाप्राे जलेर नष्ठ भए पछि साे छाप्राेमा बस्दै आएका साधु विचलीमा परेका छन् ।

आगलगी भएकाे छाप्राे र विचल्लीमा परेकाे साधु खुल्ला अकाशमुनी बसेकाे अवस्था । तस्बिर : कालिका टाईम्स

आगलगीमा भएकाे क्षतिकाे अवलाेकन तथा निरिक्षण गर्ने क्रममा पाेखरिया नगरपालिकाका मेयर मन्टु राैनियारले मठ बनाउने प्रतिबद्धता जनाएकाे मठका साधुले वताएका छन् ।

एकै रातमा शृंखलाबद्ध रुपमा अलग–अलग ठाउँमा लागेको आगोलाई पोखरिया र वीरगन्ज महानगरपालिकाबाट गएका दमकल र स्थानीय, प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

बाटाे छेउमा राखिएकाे परालबाट सुरु भएकाे आगो अन्य ठाउँमा क्रमबद्ध रुपमा हुदै जानु आगलगी आज्ञात समुहले गराएकाे हुन सक्ने प्रहरी निरिक्षक सिंहले वताए । आगलगीकाे प्रकृति देख्दा आगाे व्यक्त्तिले लगाएकाे हुन सक्ने अनुमान गर्न सकिने वताउदै प्रहरी निरिक्षक सिंहले  थप अनुसन्धान भइरहेकाे वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...