Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

भ्रमण गएको समयमा शिक्षकहरुद्वारा विद्यार्थीमाथि अभद्र व्यवहार

spot_img
spot_img

रोल्पा- शैक्षिक भ्रमणमा गएको समयमा शिक्षकहरुले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै लैङ्गीक हिंसा गरेको गुनासो आएको छ। केहि समय अगाडि कक्षा १० का विद्यार्थी लिएर दार्जिलिङसम्म भ्रमण गएको रामेश्वरी माध्यमिक विद्यालय घोडागाउँका शिक्षकले मदिरा सेवन गरि विद्यार्थीमाथि अभद्र व्यवहार गरेका थिए।

शिक्षकहरुले दिउँसै मदिरा खाएर असजिलो व्यवहार गरेको भन्दै विद्यार्थीले भ्रमणबाट फर्केपछि गुनासो गरेका हुन्। हल्ला गरेपछि कारवाही गर्ने भन्दै विद्यार्थीलाई हप्काईएको भए पनि घटना विद्यालय, अभिभावक र विद्यालय व्यवस्थापन समितिसम्म पुगेको थियो।

जाडो भयो भन्दै आफ्नो संवेदनशिल अंगमा हात लग्ने गरेको एक छात्राले गुनासो गरिन्। ‘सर/मेडमहरु लामो समय हराउने अनि गाडिमा जाडो भएको बहानामा जहापायो त्यहीं हात राख्नेसम्म गर्नु हुन्थ्यो।’ उनले भनिन् ‘स्कूल आएपछि भ्रमणको कुरा बाहिर गरे प्रहरी लगाएर पक्राउ गर्ने धम्की पनि दिनुभयो।’

‘म कहाँ गुनासो आएको थियो। विद्यार्थीलाई भ्रमणमा लगेका सर मेडमहरुले खानपिनमा केयरलेस गरेछन्। दिउँसै खाएछन्।’ विद्यालयका प्रअ रेगम जिसिले भने ‘विद्यालयमा गुनासो आएपछि छलफल गरेर मिलाएको हु।’

प्रअका अनुसार शिक्षकले विद्यार्थीलाई लैङ्गीक हिंसा गरेको भने होईन। उनले विद्यालय व्यवस्थापन समिति र विद्यार्थी शिक्षकसँग बैठक बसेर कुरा मिलाएको बताए। प्रअ जिसिले भने ‘शिक्षकले गल्ती स्विकार गर्दै आत्मालोचना गरिसकेका छन्।’ सभार : नागरिक न्यूज

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...