Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

जंगली जनावर बालीनालीमा क्षति पुर्‍याउँदै, किसानहरु चिन्तित

spot_img
spot_img

वीरगंज । जंगली जनावरले बालीनालीमा क्षति पुर्‍याउँदा किसानहरु चिन्तित भएका छन । ठोरी, जिराभवानी र पटेर्वा सुगौली गाउपालिकाका जंगलका सिमासंग जोडेका खेतबारीमा लगाएका बालीनाली जंगली जनावरहरु क्षति पुर्याउन थालेका छन ।

तोरी, आलु, राजमा, गहु लगायतका बालीमा पर्सा राष्ट्रिय निकुञ्जका जंगली जनावरहरु खानको साथै नोक्सान गर्न थालेका छन ।  जंगलबाट आएका चितल, बदेल, घोडगदहा, तथा मयूरको समूहहरु बालीमा बालीमा नोक्सानी गर्न थालेका जिराभवानी गाउपालिका वडा नं ५ सखुवनियाका मुक्तिनारायण दासले बताए ।

जनावरहरुले बालीलाई खानभन्दा पनि माडेर नोक्सान गर्ने गरेका दासले बताए । जंगलको सिमाभन्दा झन्डै पाच किलोमिटर टाढा दक्षिणमा रहेका खेतबारीमा लगाएका आलु पनि नोक्सान गरेका जिराभवानी गाउपालिका २ सेढवाका किसान प्रदिप चौधरीले बताए ।

रातभरी खेतमा बसेर जाग्राम बसेर बालीको सुरक्षा गर्न सम्भव नभएका र जंगली जनावरलाई हानी नोक्सानी गर्न पनि नपाइने हुदा अलमलमा परेको किसान चौधरीले बताए । जंगली जनावरहरुका कारण ठोरी गाउपालिका ५ मा पर्ने गडुवालाईन, क्षेत्रीलाई, जिराभवानीको शान्तिनगर, भवानीपुर, सेढवा, काठमाडौंटोल, बसन्तपुर, हरैया, सखुवनिया लगायतका किसानहरु पिडित रहेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...