Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउँदा आमाको मृत्यु

spot_img
spot_img

वीरगन्ज । तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरुलाई खुवाउँदा वीरगन्जमा आमाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । पर्साको वीरगन्ज महानगरपालिका २४ बहुअरीका जगदीश प्रसाद कुर्मीकी श्रीमती राधिका देवीले सोमबार बेलुकी तरकारीमा विष हाली आफू र आफ्नो परिवारका सदस्यलाई खुवाउँदा राधिकाको ज्यान गएको हो ।

विष प्रयोगबाट गम्भीर घाइते भएकी राधिकालाई उपचारको लागि राति नै वीरगन्जको तराई अस्पतालमा ल्याएको थियो । तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी विष प्रयोग गरिएको तरकारी खाँदा राधिकाको तीन वर्षीय छोरा विवेक प्रसाद कुर्मी, जगदीशका जेठी श्रीमतीका तीन छोरा र एक छोरी समेत गम्भीर घाइते भएका छन् ।

घाइते उनीहरुको तराई अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्जको नेशनल मेडिकल कलेजको आईसियू कक्षमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा जेठी श्रीमतीका २० वर्षीय छोरा राकेश कुर्मी, १९ वर्षीय विकास कुर्मी, १७ वर्षीय मानसा पटेल र १६ वर्षीय विशाल पटेल रहेका छन् ।

उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएको छ । गहुँमा किरा मार्न प्रयोग गरिने अल्मुनियम फस्फेट नामक विषादी प्रयोग गरेको चिकित्सकले जनाएको छ ।

मृतक राधिकाको शव परीक्षणको लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको पर्साको प्रहरी नायब उपरीक्षक विरेन्द्र बहादुर शाहीले बताए ।

बिहानको खाना कसले पकाउने विषयमा राधिका र सौतेनी पट्टीकी छोरी मानसीबीच झगडा हुँदा घटना निम्तिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...