Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

यत्रो चिसोमा छिपहरमाईका विद्यार्थी खुल्ला अकाशमुनी भुईमा बसेर परीक्षा दिदै

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं.-२ सम्भौता स्थित रहेको श्री नवगावाँ मावि चरगाहाँको विद्यार्थीहरू खुल्ला अकाशमुनी बसेर परिक्षा दिईरहेका छन् । कक्षा कोठाको अभावमा अत्याधिक चिसो मौसममा विद्यार्थीहरु खुल्ला अकाश्मुनी भुईमा बसेर परिक्षा दिन बाध्य भएका हुन् ।

चिसो र शितलहरमा खुल्ला अकाशमा भुईमा परिक्षा दिन विद्यार्थीहरुलाई कष्टकर भईरहेको छ । परिक्षा दिन निकै कठिनाई र कष्टकर भईरहेको विद्यार्थीहरुले वताएका छन् ।

हाल संचालन भइरहेको अध्य बार्षिक परीक्षा दुई शिफ्टमा संचालन भए पनि कक्षा कोठा अभाव कारण यत्रो चिसो मौसममा फिल्डमा बसाएर परीक्षा संचालन गर्नु परेको विद्यालयमाका प्रअ अमिन मियाँले वताए ।

मियाँका अनुसार कक्षा ११ सम्म संचालन हुँदै आएको विद्यालयमा ९ वटा मात्र कक्षा कोठा छ । विद्यार्थी संख्या एक हजार भन्दा बढी छ । विहान १० बजे देखि एक बजे सम्म कक्षा १ देखि ५ सम्म र दोस्रो सिफ्टमा दिउँसो १ देखि ४ बजे सम्म कक्षा ६ देखि १० सम्मको परीक्षा संचालन भईरहेको छ ।

पहिलो सिफ्टमा संचालन हुँदै आएको कक्षा एक देखि ५ सम्म कम विद्यार्थी संख्या भएकोले कक्षा कोठामा परीक्षा संचालन भए पनि दोस्रो सिफ्टमा कक्षा ६ देखि १० सम्म धेरै विद्यार्थी संख्या भएका कारण बाहिर परिक्षा संचालन भईरहेको प्रअ मियाँले वताए ।

उनका अनुसार कक्षा ६ भन्दा माथी एउटा कक्षामा एक सय भन्दा बढी विद्यार्थी छन् । बढदो शितलहर र चिसो मौसमा खुल्ला अकाशमुनी भुईमा विद्यार्थीहरुलाई बसाएर परिक्षा संचालन हुनु प्रती अभिभावकहरु चुन्तित भएका छन् भने सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...