Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

यत्रो चिसोमा छिपहरमाईका विद्यार्थी खुल्ला अकाशमुनी भुईमा बसेर परीक्षा दिदै

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं.-२ सम्भौता स्थित रहेको श्री नवगावाँ मावि चरगाहाँको विद्यार्थीहरू खुल्ला अकाशमुनी बसेर परिक्षा दिईरहेका छन् । कक्षा कोठाको अभावमा अत्याधिक चिसो मौसममा विद्यार्थीहरु खुल्ला अकाश्मुनी भुईमा बसेर परिक्षा दिन बाध्य भएका हुन् ।

चिसो र शितलहरमा खुल्ला अकाशमा भुईमा परिक्षा दिन विद्यार्थीहरुलाई कष्टकर भईरहेको छ । परिक्षा दिन निकै कठिनाई र कष्टकर भईरहेको विद्यार्थीहरुले वताएका छन् ।

हाल संचालन भइरहेको अध्य बार्षिक परीक्षा दुई शिफ्टमा संचालन भए पनि कक्षा कोठा अभाव कारण यत्रो चिसो मौसममा फिल्डमा बसाएर परीक्षा संचालन गर्नु परेको विद्यालयमाका प्रअ अमिन मियाँले वताए ।

मियाँका अनुसार कक्षा ११ सम्म संचालन हुँदै आएको विद्यालयमा ९ वटा मात्र कक्षा कोठा छ । विद्यार्थी संख्या एक हजार भन्दा बढी छ । विहान १० बजे देखि एक बजे सम्म कक्षा १ देखि ५ सम्म र दोस्रो सिफ्टमा दिउँसो १ देखि ४ बजे सम्म कक्षा ६ देखि १० सम्मको परीक्षा संचालन भईरहेको छ ।

पहिलो सिफ्टमा संचालन हुँदै आएको कक्षा एक देखि ५ सम्म कम विद्यार्थी संख्या भएकोले कक्षा कोठामा परीक्षा संचालन भए पनि दोस्रो सिफ्टमा कक्षा ६ देखि १० सम्म धेरै विद्यार्थी संख्या भएका कारण बाहिर परिक्षा संचालन भईरहेको प्रअ मियाँले वताए ।

उनका अनुसार कक्षा ६ भन्दा माथी एउटा कक्षामा एक सय भन्दा बढी विद्यार्थी छन् । बढदो शितलहर र चिसो मौसमा खुल्ला अकाशमुनी भुईमा विद्यार्थीहरुलाई बसाएर परिक्षा संचालन हुनु प्रती अभिभावकहरु चुन्तित भएका छन् भने सम्बन्धित निकायको ध्यान पुग्न जरुरी रहेको वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...