Date
मङ्ल, साउन १९, २०८३
Tue, August 4, 2026

एक पछि एक भारतिय नागरिकहरु नेपाली नागरिक्ता लिएकाे फेला पर्दै

spot_img
spot_img

वीरगन्ज । पर्साकाे  साबिक गा.वि.स. सिर्सिया वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने रामबाबु गिरी नेपाल भारत दुबै देशको नागरिक्ताको भरपुर फाइदा उठाई रहेका छन् । गिरीले २०४५ साल जेष्ठ २ गते वंशजको आधारमा नेपाल सरकारबाट नागरिक्ता प्राप्त गरेका छन् भने झुठो विवरण पेश गरि भारत सरकारबाट पनि भारतीय नागरिक्ता प्राप्त गरेका छन् ।

भारतको विहार राज्य मोतिहारी स्थित ससुराली रहेका गिरीले झुठो विवरणको आधारमा रक्सौलका मेयरसँगको मिलोमतोमा भारतीय नागरिक्ता हात पार्न सफल भएका छन् । उनको भारतीय मतदान केन्द्रमा नामावली समेत रहेको छ । भारतीय मतदाता सूचनाको आधारमा गिरीको विवरण यस प्रकार रहेको छ ।

ठेगाना राज्य विहार, विधानसभा निर्वाचन क्षेत्र रक्सौल – १०, संसदीय निर्वाचन क्षेत्र पश्चिम चम्पारण, पहचान पत्र क्रमांक जेड.बि.एच. १२०५८२२, बुवाको नाम हरिशंकर गिरी, भाग संख्या २८, मतदाता क्रमांक ११७७ रहेको छ । उनी नेपालका नागरिक भएपनि दुबै देशका नागरिक्ता बोकी नेपालमा आर्जन गरेको अकुत सम्पत्तिलाई भारतमा लगेर जम्मा गर्ने गरेको बताइएको छ ।

यसैगरि उनले आफुले मात्रै द्वध नागरिक्ता बोकेका छैनन्, आफ्नी श्रीमती रचना गिरीलाई पनि दुई देशका नागरिक्ता बनाउन सफल भएका छन् । ससुराली भारतको विहार राज्य स्थित मोतिहारी रहेकोमा विवाह पश्चात श्रीमतीलाई अँगिकृतको आधारमा नेपाली नागरिक्ता प्राप्त गर्न सफल भएका छन् ।

नेपालको काननु अनुसार पनि भारतीय केटीसँग विवाह गर्दा भारतको नागरिक्ता त्यागी अँगिकृतको आधारमा नेपाली नागरिक्ता प्राप्त गर्ने प्रावधान छ । त्यही प्रावधान अनुसार श्रीमतीलाई नेपाली नागरिक्ता दिलाउन सफल भएका त छन्, तर भारतीय नागरिक्ता भने त्यागेका छैनन् ।

दुबै श्रीमान् श्रीमती नेपाल र भारतको दुबै देशका नागरिक्ता बोकी नेपाल र भारतमा व्यापार तथा अकुत सम्पत्ति थुपार्ने काम गर्दै आएका छन् । गिरीले आफ्नी श्रीमतीलाई २०६६ साल चैत १२ गते अँगिकृतको आधारमा नेपाली नागरिक्ता दिलाएका छन् तर भारतको नागरिक्ता भने त्यागेका छैनन् । भारतीय मतदान केन्द्रको सूचिमा अहिले उनकी श्रीमती रचना गिरीको नामावली रहेको छे । भारतीय मतदान सूचना केन्द्रका आधारमा विवरण यस प्रकार रहेको छ । राज्य विहार, विधानसभा निर्वाचन क्षेत्र रक्सौल – १०, संसदीय निर्वाचन क्षेत्र पश्चिम चम्पारण, पहचान पत्र क्रमांक जेड.बि.एच. १२०५७९८, पतिको नाम रामबाबु गिरी, भाग संख्या २८, मतदाता क्रमांक १२१२ रहेको छ ।

यसरी श्रीमान् श्रीमतीद्वय नेपाली र भारतीय दुबै नागरिक्ताको भरपुर फाइदा उठाई रहेका छन् । नेपाल सरकारले केही दिन यतादेखि द्वैध नागरिकलाई कारवाही प्रक्रिया अगाडि बढाई रहेकोमा यि श्रीमान् श्रीमतीद्वय दुबै देशको नागरिक्ता बोकी दुबै देशको फाइदा उठाई रहेका छन् । जिल्ला प्रशासन कार्यालयले कारवाही प्रक्रिया अगाडि बढाई रहेको अवस्थामा द्वैध नागरिकहरु धमाधम पक्राउ परि रहेकोमा यि दुबैजना राजनीतिक दलको आडमा जोगिदै आएका छन् ।

यस्ता द्वैध नागरिकलाई कारवाहीको दायरामा ल्याउनु आवश्यक छ । नत्र भोलिका दिनमा नेपालमै बसेर नेपाल सरकारलाई लुट्नेहरु उम्कने हो भने भित्र भित्र नेपाल खुकुलो हुँदै जानेछ । यस घटनाबारे केही दिनमा जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी समेत पर्ने बताइएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...