Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

ग्रामिण नाकाबाट प्रहरी कै मिलाेमताेमा तेल तस्करी

spot_img
spot_img

वीरगंज । पर्साकाे ग्रामिण नाकाबाट पेट्राेलियम पदार्थकाे तस्करीमा वृद्धि भएकाे छ । नेपाल भन्दा भारतमा डिजल र पेट्राेलकाे मुल्य बढी भएकाेले तस्करीमा वृद्धि भएकाे हाे ।

पर्साकाे ग्रामिण नाका झाैवा, धाेरे, खेसराहा, सबैठवा, भिस्वा, टिहुकी, चेरगांहा लगायतका नाकाबाट डिजल र पेट्राेलकाे तस्करीमा वृद्धि भएकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् । स्थानिय प्रत्यक्षदर्शीका अनुसार साइकल र माेटरसाइकलबाट स्थानिय प्रहरीलाई नजराना बुझाई सिमावर्ती तस्करहरु तस्करी गरिरहेकाे छन् ।

दिनहु जस्साे तस्करहरुले एउटा साइकल र माेटरसाइकलमा एक सय लिटर देखी डेढ सय लिटर सम्म पेट्राेल र डिजल नेपालबाट भारत तर्फ लगि रहेका छन् । सिमा क्षेत्रमा रहेकाे टंकीहरुबाट तस्करहरु पेट्राेल र डिजल खरिद गरी भारत तर्फ तस्करी गरिरहेका हुन् ।

पेट्राेलियम पदार्थ नेपालबाट भारत तस्करीमा सिमा क्षेत्रमा रहेकाे तेल टंकी संचालकहरुकाे समेत मिलाेमताे रहेकाे छ । नेपालकाे मुल्य भन्दा एक र दुई रुपया बढी बढाएर टंकीका संचालकहरुले तस्करहरुलाई पेट्राेलियम पदार्थ बिक्री गर्ने गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...