Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

ग्रामिण नाकाबाट प्रहरी कै मिलाेमताेमा तेल तस्करी

spot_img
spot_img

वीरगंज । पर्साकाे ग्रामिण नाकाबाट पेट्राेलियम पदार्थकाे तस्करीमा वृद्धि भएकाे छ । नेपाल भन्दा भारतमा डिजल र पेट्राेलकाे मुल्य बढी भएकाेले तस्करीमा वृद्धि भएकाे हाे ।

पर्साकाे ग्रामिण नाका झाैवा, धाेरे, खेसराहा, सबैठवा, भिस्वा, टिहुकी, चेरगांहा लगायतका नाकाबाट डिजल र पेट्राेलकाे तस्करीमा वृद्धि भएकाे प्रत्यक्षदर्शीहरुले वताएका छन् । स्थानिय प्रत्यक्षदर्शीका अनुसार साइकल र माेटरसाइकलबाट स्थानिय प्रहरीलाई नजराना बुझाई सिमावर्ती तस्करहरु तस्करी गरिरहेकाे छन् ।

दिनहु जस्साे तस्करहरुले एउटा साइकल र माेटरसाइकलमा एक सय लिटर देखी डेढ सय लिटर सम्म पेट्राेल र डिजल नेपालबाट भारत तर्फ लगि रहेका छन् । सिमा क्षेत्रमा रहेकाे टंकीहरुबाट तस्करहरु पेट्राेल र डिजल खरिद गरी भारत तर्फ तस्करी गरिरहेका हुन् ।

पेट्राेलियम पदार्थ नेपालबाट भारत तस्करीमा सिमा क्षेत्रमा रहेकाे तेल टंकी संचालकहरुकाे समेत मिलाेमताे रहेकाे छ । नेपालकाे मुल्य भन्दा एक र दुई रुपया बढी बढाएर टंकीका संचालकहरुले तस्करहरुलाई पेट्राेलियम पदार्थ बिक्री गर्ने गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...