Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

सागमा पदक जित्ने पर्सेली खेलाडीहरु सम्मानित

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला तेकान्डो संघले आज १३ औं सागमा पदक जित्ने पर्सेली खेलाडीहरुलाइ सम्मान गरेको छ । वीरगंज स्थित दरवार होटलमा आयोजित एक कार्यक्रमका बिच सागमा पदक जित्ने ३ खेलाडिलाई सम्मान गरिएको हो ।

गणेशमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भारोत्तलन तर्फ स्वर्ण पदक जित्न सफल बिकास थापा, कुस्तिबाट कास्य पदक जित्न सफल सुधिर साह र तेक्वान्दो बाट पनि कास्य पदक जित्न सफल निश्चल मान श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जाराको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा पर्सा जिल्ला खेलकुद बिकाश समितीका अध्यक्ष निसान्त लामिछाने, तेक्वान्दो सिनियर गुरु प्रमोद मानन्धर, पर्सा एथ्लेटिक्स संघका अध्यक्ष बिरेन्द्रबहादुर कुर्मी क्षेत्री, नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष दिपक पटेल सहायक प्रशिक्षक महमद सकिल, नाजिर हुसैन अन्सारी, बिशाल मेमोरियल गोल्डकपका अध्यक्ष रोशन गुप्ता लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...