Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

वीरगंज महानगरका कम्प्युटर अपरेटर १५ हजार घुस सहित पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका एक कर्मचारीलाई अख्तियारले रु १५ हजार घुसकाे रकम सहित पक्राउ गरेकाे छ । अख्तियार दुरुपायाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडाकाे टाेलीले आज दिउसाे महानगरपालिकाका कम्प्युटर अपरेटर राकेश कुमार जयसवाललाई पक्राउ गरेकाे हाे ।

अख्तियारकाे एक टाेलीले वीरगंज महानगरपालिकाकाे कार्यालयमा छापा मार्दै महानगरपालिकाकाे लेखा अधिकृत रुपनारायण राउतकाे कार्यकक्षबाट कम्प्युटर अपरेटर जयसवाललाई घुसकाे रकम सहित पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिका वडा नं. ४ निवासी जयवालले वीरगंज महानगरपालिकाकाे वडा नं. ३० स्थित सडक ढलानकाे सम्पन्न प्रतिवेदनकाे लागि सेवाग्राही संग घुस मागेका थिए । साेही घुस रकम सेवाग्राही संग लिने क्रममा रंगे हात जयवाललाई पक्राउ गरिएकाे अख्तियारकाे टाेलीले जनाएकाे छ ।

sofa bata rakam baramat_kalikatimes

जयसवालले लिएकाे घुसकाे रकम लेखा अधिकृत राउतकाे कार्यकक्षकाे साेफाबाट बरामद भएकाे थियाे । जयसवालकाे यस्ता गुनासाेहरु धेरै आए पछि छापा मारी गरिएकाे अख्तियारकाे एक कर्मचारीले वताए । तर पक्राउ परेका जयसवाले मलाई फसाइएकाे वताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...