Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

जिल्ला परियाेजना सल्लाहकार समितिकाे बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । जिल्ला परियाेजना सल्लाहकार समितिकाे बैठक आज वीरगंजमा सम्पन्न भएकाे छ । एक्सनएड आईरिशएडकाे सहयाेमा दिव्य युवा क्लबद्वारा संचालित महिला अधिकार कार्यक्रम अन्तर्गतकाे समुन्नती परियाेजनाकाे जिल्ला सल्लाहकार समितिकाे बैठक सम्पन्न भएकाे हाे ।

जिल्ला समन्वय समिति पर्साका संयाेजक नेकमहमद अंसारीकाे अध्यक्षता बसेकाे बैठकमा परियाेजना बारे प्रस्तुती कलबका कार्यकारी निर्देशक रामकान्त पटेलले गरेका थिए । प्रस्तुती गर्दै निर्देशक पटेलले संस्थाले संचालन गरेकाे परियाेजना अन्तर्गत गठन भएका समुहमा आवद्ध किशाेर किशाेरीहरुले सानै उमेरमा विवाहकाे विरुद्धमा प्रतिकार  गर्न सुरु गरेकाे वताए ।

उनले किशाेरी समुहरुकाे पहलमा २ ओटा बाल विवाह राेकिएकाे समेत वताए । पर्साकाे पाेखरिया नगरपालिकाकाे वडा नं. ८ मन्नपुरमा २ वटा हुन लागेकाे वालविवाह राेकिएकाे वताए ।

कार्यक्रम अन्तर्गत नै पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाे ५ वटै वडाहरुमा दलित समुदायकाे शिक्षामा पहुँच बढाउनकाे लागि सिकाई केन्द्र संचालनमा आएकाे वताए । सिकाई केन्द्र संचालनबाट २ सय २५ जना बालबालिकाहरु निरन्तर रुपमा विद्यालय जान थालेकाे निर्देशक पटेलकाे भनाई थियाे ।

prastuti_kalikatimes
बैठकमा परियाेजना बारे प्रस्तुती राख्दै दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल । तस्बिर : कालिका टाईम्स

कार्यक्रममा वाेल्दै जिल्ला समन्वय अधिकारी देवनाथ यादवले कार्यक्रमकाे दिगाेपनाकाे लागि स्थानिय तह संग जाेडन जरुरी रहेकाे वताए । उनले परियाेजनाकाे निरन्तरता र प्रभावकारिताकाे लागि स्थानिय तह संग जाेड्न जरुरी रहेकाे धारणा राखे ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहले गैर सरकारी संस्थाहरुले संचालन गरेकाे कार्यक्रमहरु पनि स्थानिय तहकाे याेजना तथा कार्यक्रमहरुमा समावेश गर्नु पर्ने वताए । यसका साथै परियाेजना अन्तर्गतका किशाेरी समुहका अभिभावकहरु संग पनि बालविवाह तथा शिक्षा सम्बन्धमा अन्तरक्रिया तथा छलफल गर्नु पर्ने उनकाे भनाई थियाे ।

जिल्ला समन्वय समिति पर्सामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समितिका सह संयाेजक ठाकुर प्रसाद न्याैपाने, प्रेम कुमारी सिंह, अमाेद प्रसाद यादव, सुरेश राम, असलम अंसारी लगायतकाकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन परियाेजनाकी कार्यक्रम संयाेजक काेपिला चाैलागाई साहले गरेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्र्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा...