Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

एनआईसी बैंकद्वारा चमत्कारिक बचत खाता योजना अन्तर्गतकाे बीमा रकम प्रदान

spot_img
spot_img

वीरगंज । एनआईसी एशिया बैंक वीरगंज शाखाले चमत्कारिक बचत खाता योजना अन्तर्गतका  बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत पर्साका ध्रुव सिंह ठकुरीलाई बीमा रकम बापतको चेक हस्तान्तरण गरेकाे छ ।

चमत्कारिक बचत (डाइमण्ड) खातावाला वीरगंज ९ रेशमकाेटी निवासी ६२ बर्षिय ठकुरीलाई क्यान्सर रोगकाे स्यामप्टम लागेकाेले औषधी उपचारकाे लागि बीमा बापतको रकम रु. १ लाख ५० हजारकाे चेक प्रदान गरिएकाे हाे । उक्त खाताअन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावाललाई रोग पहिचान हुनेबित्तिकै विमा वाप्तकाे रकम प्रदान गरिने याेजना रहेकाे छ ।

वीरगंज आदर्शनगर स्थित बैंकको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रादेशिक उप प्रमुख मन्नु प्रसाद शर्माले चेक हस्तान्तरण गरेका हुन् । आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पुर्याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधालगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको शर्माले वताउनु भयाे ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ३११ शाखा कार्यालयहरु, ४०४ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको उपप्रमुख शर्माकाे भनाई थियाे ।

पर्सामा मात्र ७ वटा बैंकाे ब्रान्च र ६ वटा एटिम संचालमा आएकाे बैंककाे वीरगंज शाखाकी प्रबन्धक पुजा खेतानले वताउनु भयाे । वीरगंजमा मात्र ३ वटा र पर्साकाे ग्रामिण भेगकाे जिराभवानी गाउँपालिकाकाे सेढवा, छिपहरमाई गाउँपालिकाकाे भिस्वा, धाेबिनी गाउँपालिकाकाे लंगडी र जगरनाथपुर गाउँपालिमा बैंकले शाखा कार्यालय स्थापना गरी सेवा प्रदान गरिरहेकाे उहांले जानकारी गराउनु भयाे ।

चेक हस्तान्तरण कार्यक्रममा बैंकका प्रदेश नं. २ का जाेखिम व्यवस्थापक प्रकाश विके, सम्बन्ध प्रबन्धक अमित हरलालका,  बैंककी सुपरभाइजर इन्द्रा अग्रवाल लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगञ्ज नाकाबाट धमाधम मल भित्रिँदै, गोदाम भरिएपछि वैकल्पिक भण्डारण खोज्दै कृषि सामग्री कम्पनी

वीरगञ्ज । नेपाल–भारत सरकारबीचको जिटुजी सम्झौताअनुसार खरिद गरिएको रासायनिक मल ठूलो परिमाणमा वीरगञ्ज नाकाबाट भित्रिन थालेपछि कृषि सामग्री कम्पनी लिमिटेड, मधेस प्रादेशिक कार्यालय वीरगञ्जलाई...

सिरहामा ११ क्विन्टलभन्दा बढी गाँजा बरामद, बोलेरो र मोटरसाइकल छाडेर तस्कर फरार

सिरहा । सशस्त्र प्रहरी बलले सिरहाको सुखीपुरबाट ११ क्विन्टलभन्दा बढी अवैध गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकलसमेत...

कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ । नेपाली कांग्रेसको संस्थापन पक्षले यही असोज १८...