Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

समाज परिवर्तनद्वारा थुनुवामा रहेकाहरुलाई कम्बल वितरण

spot_img
spot_img

वीरगंज । समाज परिवर्तन नेपाल नामक गैर सरकारी संस्थाले थुनुवामा रहेकाहरुलाई कम्बल बितरण गरेको छ । संस्थाले एक कार्यक्रमका बिच मंगलबार वडा प्रहरी कार्यालय बिर्ताकाे थुनुवामा रहेका १२ जनालाई कम्बल बितरण गरेकाे हाे ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरू र संस्थाका अध्यक्ष अकलेश साहले थुनुवामा रहेकाहरुलाई कम्बल वितरण गरेका थिए । वडा प्रहरी कार्यालयकाे थुनवामा रहेकाहरुलाई ओढ्ने न्यानाे कपडा नहुदा चिसोमा नै बस्नु पर्ने बाध्यता रहेकोले त्यसबाट बच्न कम्बल बितरण गरिएको संस्थाका अध्यक्ष अकलेश साहले वताए ।

संस्थाले यस अघि पनि वीरगंजकाे विभिन्न ठाउँका दलित, मुसहर बस्तीहरुमा कम्बल वितरण गरेकाे थियाे । वीरगंजकाे  ड्राईपोर्ट, राधेमाई मन्दिर, पावरहाउस चाेक, प्रतिमा चौक, नयाँ बसपार्क, भिसुवामा रहेका दलित, गरिब, बिपन्न र असाहयहरुलाई कम्बल बितरण गरिएकाे अध्यक्ष साहले जानकारी गराए ।

कम्बल बितरण कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रेम बहादुर खत्री, प्रहरी सहायक निरीक्षक शिव शंकर शर्मा, प्रहरी हवल्दार सुरेन्द्र सिंह लगायतकाको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...