Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कालिकामाईमा तालिम संचालन रहेकाे काेठामा स्थानियद्वारा तालाबन्दी

spot_img
spot_img

अनिल साह/दिपेन्द्र यादव //

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ प्रशुरामपुरमा संचालित एक तालिमका सहभागिहरु तालिम संचालन रहेकाे काेठा भित्र नै थुनिएका छन् ।

श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक बिधालय कट्टी बलुवामा संचालित प्रदुषण र फोहोर मैला ब्यवस्थापन सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमका सहभागिहरु रहेकाे काेठामा नै स्थानिय वडा वासीहरु तालाबन्द गरेका हुन् । गाउँपालिकाकाे आयाेजनामा भईरहेको तालिममा अनियमितता भएकाे बिरोधमा स्थानियहरु तालाबन्दी गरेका थिए ।

स्थायिवासीहरुको अनुसार बिधालय चलिरहदा तालिमको लागी बिधार्थीहरुलाई कक्षा कोठाबाट हटाई तालिम संचालन गरिएकाे थियाे । यसका सथै वडा कार्यालयले कुनै काममा आफनै पार्टीका मान्छेलाई राख्दै आएकोले आज बाध्य भएर विरुद्ध गर्नु परेको स्थानियहरुकाे भनाई छ ।

गैस चुल्हो देखी औषधी छर्ने टयांकी सम्म आफनै पार्टीका मान्छे र आफ्ना घरपरिवारलाई दिएको र तालिममा पनि साविक वडा नम्बर २ का कुनै महिलालाई सहभागी नगराएकोले बिरोध गरिएको रंजित कुमार साहले बताए ।

वडा कार्यालयले गर्ने हरेक काममा सबै जात जाती, टोलवासी, साविकको वडाको ख्याल गर्नु पर्ने भन्दै महिलाहरुको तालिममा पनि आफनो साविक वडा नम्बर २ को सहभागीता नभएको भन्दै बिरुद्ध गरिएको स्थानिय लक्ष्मण साह गोढले बताए ।

तालिममा साबिकको प्रत्येक वडाबाट २० जनालाई सहभागी गराउनु पर्ने भएकोले साविकको वडा नम्बर २ को महिलाहरुको तालिममा सहभागी नगराई बेवास्ता गरिएकोले तालिमलाई अवरुद्ध गरिएको स्थानियहरुको भनाई छ ।

तालिम अवरुद्ध भए पछि प्रहरी र जनप्रतिनिधी पुगे पछि केही छिन समान्य विवाद र झडप समेत भएको थियो । प्रहरीले तालालाई फाेडेर सहभागिहरुलाई तालिम कक्षबाट बाहिर निकालेका थिए ।

यस बिषयमा गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा संग बुझ्दा आफुलाई केही थाह नभएकाे गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिए ।

वडा नं. ४ का वडाध्यक्ष हिरओम साह कलवार साविक गाबिस प्रशुरामपुरकाे वडा नं. १ देखी ९ सम्मकाे लागि तालिम संचालन भएकाे वताए । उनले भने “जनचेतना कार्यक्रम अन्तर्ग गाउँपालिका स्तरिय तालिम भइरहेकाे थियाे, साेही क्रममा विवाद भएकाे हाे । म भ्रखर तालिम स्थल पुगेकाे छु, वडा नं. ४ काे एक सय ८० जनाकाे लागि तालिम संचालन गरिएकाे हाे । बजेटकाे बिषयमा साेध्दा आफुलाई थाह नभएकाे र सचिव संग साेध्नु पर्ने वताए ।

यस बिषयमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहकाे संग बुझ्न उनकाे माेबाइलमा सम्पर्क गर्दा फाेन नलागेका कारण सम्पर्क हुन सकेन ।

त्यस पछि गाउँपालिकाकाे याेजना शाखा प्रमुख सुनिल राैनियार संग बुझ्दा बजेटकाे बिषयमा आफुलाई पनि थाह नभएकाे वताए ।

त्यस पछि गाउँपालिकाका उप प्रमुख राजेश चाैरसिया र लेखापाल मन्दिप महताे संग सम्पर्क गर्न प्रयास गर्दा फाेन नलागेका कारण सम्पर्क हुन सकेन । वडा सचिव बिक्रम चाैरसियाकाे फाेन लागे पनि नउठेका कारण सम्पर्क हुन सकेन ।

गाउँपालिकाका विभिन्न जिम्मेवारी व्यक्तिहरुलाई नै तालिमकाे बजेटकाे बिषयमा सांचिकै थाह नभएका हुन् कि थाह भएर पनि अनियमितता बाहिर आउने डरले बुझ पचाएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...