Date
बुध, साउन २०, २०८३
Wed, August 5, 2026

पर्यटकलाई स्वागत गरी भ्रमण बर्षकाे सुरुवात, शंकराचार्य सरसफाई गर्नेलाई नै सहभागि गराइएन

spot_img
spot_img

वीरगंज । अन्तराष्ट्रिय नयाँ वर्षको सुरुवात संगै नेपाल भ्रमण वर्ष २०२० को पनी बुधबार देखि विधिवत रुपमा सुरुवात भएको छ ।  देशभरमा विभिन्न कार्यक्रमहरु गरेर सुरु भएको भ्रमण वर्षलाई नेपालका मुख्य प्रबेशद्वार वीरगंज स्थित शंकराचार्यमा पर्यटकहरुलाई फुलकाे माला लगाई स्वागत गरि भ्रमण वर्षको सुरुवात गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० समन्वय समिति पर्साद्वारा आयोजित कार्यक्रममा विभिन्न विशिष्ठ व्यक्तिहरुले भारतबाट नेपाल आउदै गरेको पर्यटकहरुलाई नेपाल कै मुख्य प्रवेश द्वारको रुपमा चिनिएको शंकराचार्यद्वारमा फुलकाे माला लगाई स्वागत गरेर पर्यटन वर्षको सुरुवात गरेका छन् ।

वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा शंकराचार्य द्वारमा दुई वटा स्वागत द्वारको पनी उद्घाटन गरिएको छ ।

कार्यक्रममा बोल्दै मेयर सरावगीले नेपाल भ्रमण वर्षलाई सफल पार्न सबै क्षेत्रको बराबर योजदान र साथको आवश्यकता रहेको बताए । उनले नेपाल सरकारले अनुमान गरेको पर्यटक भित्र्याउन हामीले आफ्नो व्यवहार देखि व्यवस्था समेतमा परिवर्तन ल्याउन सुझाव दिए ।

तर कार्यक्रममा पर्यटन बर्षलाई नै मध्य नजर गरी शंकराचार्यद्वार सरसफाई गरेकाे भाेलन्टियरलाई सहभागि गराइकाे थिएन । शंकराचार्यद्वारा आसपासकाे क्षेत्र दुर्घन्धित र फाेहर भएका कारण केही समय पहिला देखि भाेलन्टियर वीरगंजकाे आयाेजनामा सरसफाई गरिएकाे थियाे ।

भाेलन्टियर समुहकाे ६ हप्ता देखिकाे सरसफाई अभियानले शंकराचार्यद्वार सफा देख्न थालेका थिए । तर पर्यटन बर्ष कै कार्यक्रम गर्दा पनि भाेलन्टियर समुहका कसैलाई जानकारी समेत नभएकाे बुझिएकाे छ । यस बिषयमा भाेलन्टियर समुह वीरगंजका संयाेजक राजन श्रीवास्तव संग बुझ्दा कार्यक्रम निकै राम्रो भएकोमा सबैलाइ शुभकामना तर आफु र आफ्नाे समुहलाई नेपालको मुख्य प्रवेशद्वारमा भएको कार्यक्रमको बारेमा जानकारी नभएकाे वताए ।

भाेलन्टियरका महासचिव श्यामसरार्फ संग बुझ्दा घण्टाघरबाट निकालिएको प्रभातफेरी कार्यक्रममा मात्र हामी सहभागी भए तर हाम्रो कुनै सदस्यहरुलाई थप कार्यक्रमको बारे कुनै समन्वय एवं जानकारी नरहेको बताए ।

कार्यक्रममा वीरगंजस्थित भारतीय महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्यदुत रमेश चतुर्वेदी, वीरगंज महानगरपालिकाकी उप-मेयर शान्ति कार्की, पर्साका प्रमुख जिल्ला अधिकारि जितेन्द्र बस्नेत,  नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, नेपाल भ्रमण वर्ष २०२० का केन्द्रिय सदस्य एवं वरिष्ठ उद्योगपति अशोक बैध, वीरगंज पब्लिक कलेजका सञ्चालक डा. दिपक साक्य, होटल व्यवसायी संघका अध्यक्ष दिपक बहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष श्याम बंजारालगयातको सहभागिता रहेकाे थियो । \

नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति पर्साका संयोजक बिनोदकुमार चौधरीको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का सचिव तथा होटल व्यवसायी संघ पर्साको महासचिव तथा जिल्ला समन्वय समितिका सदस्य तबरेज आलमले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन डा. सुष्मा तिवारी द्विवेदीले गर्नु भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...