1 April 2025
KALIKATIMES.COM

अपराधिक घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन आरडिएनकाे माग

वीरगंज । राष्ट्रिय दलित नेटवर्क नेपाल (आरडिएन)ले पूर्व राजाका समर्थकहरुले शुक्रबार काठमाडाैं गरेकाे प्रदर्शनकाे क्रममा भएकाे अपराधिक घटनामा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन माग गरेकाे छ ।

आरडिएनका केन्द्रिय अध्यक्ष माेहन ओड र महासचिव पार्वती आग्रीले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै पूर्व राजाका समर्थकहरूले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाले लोकतान्त्रिक मूल्य मान्यता र व्यक्तिको जिउधनको सुरक्षाको आधारभूत अधिकारको हनन् भएको घटनाप्रति आरडिएनकाे गम्भीर ध्यानार्कषण भएको जनाएकाे छ ।

जारी विज्ञप्तीमा आन्दोलनका नाममा गरिएको आगजनीमा पत्रकारको मृत्यु भएको छ । यही क्रममा एकजना प्रदर्शनकारीको समेत मृत्युको खबर सार्वजनिक भएको छ । प्रदर्शनका नाममा राजनीतिक दल तथा आमसञ्चार माध्यमका कार्यालयहरूमा गरिएको आक्रमणलाई लोकतान्त्रिक अभ्यास मान्न सकिँदैन उल्लेख गरिएकाे छ ।

साथै जनताको जिउधनको सुरक्षा गर्ने आफ्नो दायित्व पूरा गर्न, अपराधमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन नेपाल सरकार समक्ष आरडिएनले माग समेत गरेकाे छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:215. Generation time:4.106 sec. Memory consumption:82.41 mb