वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ३ बिजबनियामा साेमबार नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाकाे प्राविधिक सहयाेग र बिजबनिया बर्थिङ सेन्टरकाे आयाेजनामा शिविर सम्पन्न भएकाे हाे ।
विजबनिया स्वास्थ्य चाैकीमा भएकाे शिविरमा २५६ जनाले आँखा परिक्षण गराएकाे जगरनाथपुर गाउँपालिका अध्यक्षका स्वकिय सचिव मंजय गिरीले जानकारी दिए । जस मध्ये ४४ जनामा माेतियाविन्दु फेला परेकाे उनले जानकारी गराए ।
शिविरमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, पटेर्वा सुगाैली गाउँपालिकाका अध्यक्ष दिनेश चाैधरी, उपाध्यक्ष ममता महताे, वडाध्यक्ष विजय गैरे, सुभाष यादव, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामदेव चाैहान, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का काेषाध्यक्ष विनय द्विवेदी लगायतकाे उपस्थिती रहेकाे थियाे ।
यसैगरी मंसिर ४ गते मंगलबार पटेर्वा सुगाैली गाउँपालिकाकाे वडा नं. २ स्थित गादी स्वास्थ्य चाैकीमा र मंसिर ५ गते बुधबार सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ३ स्थित काैवाबन कटैया स्वास्थ्य चाैकीमा निशुल्क आखाँ शिविर हुने जनाइएकाे छ ।