24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

वीरगंज ।  निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना हुने भएको छ ।

प्याब्सन पर्साले बुधबार वीरगंजकाे आदर्शनगर स्थित लिटिल एञ्जल स्कुलमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्तिक ९ गते शुक्रबार वीरगंजकाे नगर सभागृहमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको हो ।

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र वीरगंज महानगरका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले प्रतियोगिताको बारेमा जानकारी गराए ।

उनका अनुसार प्रतियोगिताको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्ने कार्यक्रम रहेको छ । प्रतियाेगसता प्याब्सनमा आवद्ध २३ वटा विद्यालयहरुले भाग लिएका छन् । प्रतियोगिता आयोजनामा ३ लाख १५ हजार रुपैंया खर्च हुने अनुमान गरिएकाे छ ।

नेपालका लोक संस्कृतिहरुलाई संरक्षण र सम्वद्र्धन गर्दै विद्यार्थीहरुलाई पनि नेपाली लोकसंस्कृतिको बारेमा जानकारी गराउने र उनीहरुको प्रतिभालाई पनि प्रस्फुटन गर्नका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने आयोजकले अपेक्षा गरेको छ ।

आधुनिक समाजमा पश्चिमा संस्कृतिप्रति युवाहरुको आकर्षण बढीरहेको र नेपाली लोकसंगीतप्रति युवाहरुको रुची घट्दै गईरहेको अवस्थामा यसलाई जोगाउनका लागि प्याब्सन पर्साले अन्तर विद्यालय नृत्य प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्याब्सन पर्साका बरिष्ठ उपाध्क्ष सरोज चौधरी, उपाध्यक्ष शिवजी गुप्ता, सचिव राहुल श्रीवास्तव, कोषाध्यक्ष रामकिशोर यादव, महानगर सचिव सुरज पटेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.462 sec. Memory consumption:81.38 mb