23.8 C
Birgunj
20 October 2024
KALIKATIMES.COM

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

वीरगंज । पर्साको पोखरियामा आयोजित पोखरिया गोल्डकप फुटबलको उपाधि वीरगंज युथ एकेडमीले जितेको छ । दसैं, दिपावली र छठ पर्वको उपलक्ष्यमा भएकाे गाेल्डकपकाे आइतबार भएको फाइनल खेलमा पर्साको विरुवागुठीलाई टाइबेकरमा ५–३ गोलले पराजित गर्दै वीरगंजले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बरा बरीमा सकिएपछि खेलको अन्तिम नतिजा ट्राइबेकरबाट गरिएको थियाे । समापन कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र प्रसाद चाैधरीले विजेता टिम वीरगंजलाई एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी प्रदान गरे । उपविजेता बिरुवागुठीले नगद ५१ हजार १ सय ११ रुपैयाँमै प्राप्त गर्याे ।

पोखरिया–४ को वडासमिति कार्यालय र नवदूर्गा पूजा समितिले आयोजना गरेको फुटबल प्रतियोगितामा ८ वटा टिमले भाग लिएका थिए । श्री जिल्ला उच्चांगल रामदेव कलवार मावि पाेखरियाकाे फिल्डमा भएकाे प्रतियाेगिता भएकाे थियाे ।

प्रतियाेगिताकाे समापन समाराेहमा पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान, पूर्व मेयर दीपनारायण रौनियार, उप मेयर प्रमुख रूबी ठाकुर, नेता नेजामुदिन समानी, नेकपा एमाले पोखरिया नगर कमिटीका अध्यक्ष बिंध्याचल ठाकुर, वडाध्यक्ष लक्ष्मण साह कानु, नौसाद आलम, किशोरी साह, दीपक ठाकुर लगायतकाको उपस्थित रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स

रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा पनि प्रदर्शन, निकालियाे शव यात्रा

कालिका टाईम्स

वीरगंजमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु

कालिका टाईम्स
SQL requests:224. Generation time:4.615 sec. Memory consumption:81.74 mb