Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

बाल सुधार गृह वीरगंजकाे व्यवस्थापनका लागि १३ बुँदे निर्णय

spot_img
spot_img

वीरगंज । बाल सुधार गृह वीरगंजकाे व्यवस्थापन सम्बन्धि सराेकारवालाहरुकाे बैठक सम्पन्न भएकाे छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयकाे अध्यक्षतामा बसेकाे बैठकले बालबालिकाहरूको हितलाई ध्यानमा राख्दै १३ बुँदे निर्णय गरेको छ ।

बैठकले बाल सुधार गृहले बुधबार नै वाईफाई जडान गर्ने गराउने, ल्यापटप, कम्प्युटर मर्मत सम्भार गर्ने, बाल सुधार गृहले कम्तिमा हप्ताको एक पटक मनोसामाजिक परामर्श अनिवार्य उपलब्ध गराउने, आवश्यक सङ्ख्यामा पंखा र खानेपानीको व्यवस्थापन कार्यको संयोजन जिल्ला प्रशासन कार्यालयले गर्ने, क्षयरोगवाट सङ्क्रमित बालकको उपचार लगायतका समस्या सामाधानको लागि वीरगंज महानगरपालिकासँग समन्वय गरी व्यवस्था मिलाउने निर्णय गरेकाे छ ।

यसैगरी बैठकले सीधावापतको रकम समयमै भुक्तानीका लागि बाल सुधार गृहले आवश्यक विवरण समय मै पेश गर्ने व्यवस्था मिलाउने, कारागार कार्यालयबाट सीधा व्यवस्थापन गर्ने, पाठ्यपुस्तक र अन्य सन्दर्भ सामग्रीको व्यवस्थापन प्याब्सन, एन प्याब्सन लगायतका सरोकारवालहरुसँग समन्वय गरी उपलब्ध गराउने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयले मिलाउने, पुस्तकालयको व्यवस्था गरी सञ्चालनका लागि बाल सुधार गृह प्रशासकले आवश्यक ठाउँको प्रबन्ध मिलाउने पनि बैठककाे निर्णय छ ।

यसैगरी पढ्न ईच्छुक वालवालिकाहरुको लागि तहगत रुपमा शिक्षकको व्यवस्थापन खुला विद्यालयबाट वीरगंज महानगरपालिकाले मिलाउने, बाल सुधार गृह परिसर नजिकै रहेको डिप बोरिङ्गवाट पाईप जडान गरी नियमित रुपमा खानेपानीको व्यवस्थापन गर्ने व्यवस्था बीरगंज महानगरपालिकाले मिलाउने, रातको समयमा बत्ती जाने समस्या रहेकोले वैकल्पिक उर्जाको व्यवस्थापनको लागि बीरगंज उद्योग वाणिज्य संघलाई अनुरोध गर्ने, बाल सुधार गृहको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने सिसि टिभि जडान गर्ने व्यवस्था बीरगंज महानगरपालिकाले गर्ने र अनुगमन, निरिक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने पनि निर्णय भएकाे बैठकमा सहभागि जिल्ला प्रशासन कार्यालय पर्साका कृष्णा कुशवाहाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पर्सास्थित प्रमुख जिल्ला अधिकारी अर्यालयकाे कार्यकक्षमा बसेकाे बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गाैतम, वीरगंज महानगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अरविन्द लाल कर्ण, जिल्ला विकास शिक्षा ईकाइ पर्साका प्रमुख हरि राउत, बाल मनाेविज्ञ सावित्री कुमारी भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–१ का वडाध्यक्ष कुर्मीको जसपालाई खुला चुनौती, पार्टी छाडेर कांग्रेसमा प्रवेश, पद धरापमा

वीरगंज । जनता समाजवादी पार्टी नेपाल (जसपा)को टिकटमा निर्वाचित वीरगञ्ज महानगरपालिका–१ का वडाध्यक्ष मनोज राउत कुर्मीले कार्यकाल नसकिँदै पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका...

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...