30 C
Birgunj
16 October 2024
KALIKATIMES.COM

बुवालाई षडयन्त्रपूर्वक फसाइएकाे छ, निष्पक्ष छानविन हाेस् : अध्यक्ष गुप्ता

विरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ट कुमार गुप्ताले आफ्नो बुवा सुरेश कलवारलाई षडयन्त्र गरेर फसाइएको आरोप लगाएका छन् । उनले पर्सा प्रहरीलाई घटनाको निष्पक्ष रुपमा अनुसन्धानकाे लागि आग्रह समेत गरेका छन् ।

पर्सा प्रहरीले वशिष्टका बुबालाई ४३३ ग्राम अफिम राखेको अभियोगमा गिरफ्तार गरेको छ । प्रहरीले वीरगंज १० आदर्शनगरस्थित उनको घरको कम्पाउन्डमा राखिएको मोटरसाइकलको हेड माथि लुङ्गीको टुक्राले बेरिएर अफिम राखेको अवस्थामा बरामद गरेपछि अनुसन्धानको लागि सुरेश कलवारलाई हिरासतमा राखेको छ ।

उनले बुवा घरमा एकलै सुतेकाे बेला घटना सुनियोजित ढङ्गले घटाइएको बताए । राजनीतिक प्रतिसाेध साध्न घटनाकाे डिजाइन गरिएकाे हुन सक्ने उनले वताए । घटनाकाे प्रकृति हेर्दा पनि संकास्पद देखिन्छ ।

श्रोतका अनुसार राष्ट्रिय अनुसन्धान मार्फत १६ किलो अफिमको खेप भारत तर्फ निर्यात गर्न लागिएको सूचना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुषाल मार्फत प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेल समक्ष षड्यन्त्रकारीहरु पुर्याउन सफल हुन्छन । सूचना पाए लगत्तै एसपी ढुंगेल दलबल सहित छापा मार्दा ‘खोदा पहाड निकला चुहा’ वाला हाल हुन्छ ।

घटना संकास्पद रहेकाे र सुनियोजित ढङ्गले घटाइएको हुनसक्ने भएता पनि ‘दुधको दुध पानीको पानी’ छुट्याउने तवरमा अनुसन्धान अगाडी बढाइएको एसपी ढुंगेलले बताए ।

सामान बरामद भए कानुनी प्रक्रियामा जानुपर्ने हुन्छ तर गणतान्त्रिक नेपाल सबैको हो सय जाना अपराधी छुटुन तर एक जना निरपराध नफसोस् भन्ने हिसाबले अनुसन्धान गर्न आफूले निर्देशन दिएको प्रजिअ भुषालले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगंजमा हुँदै

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के अनुगमन

कालिका टाईम्स

माेटरसाइकल चाेरीकाे अभियोगमा ३ जना पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:2.949 sec. Memory consumption:81.73 mb