22.7 C
Birgunj
3 April 2025
KALIKATIMES.COM

प्रभाव र दबावमा नपरी कर्मचारीले जनताकाे सेवा गर्नुपर्छ : मन्त्री गुप्ता

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले धेरै मानिसको भीडमा आफूलाई चिन्न सक्ने बनाउनुपर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ज्वाला खेल ललितपुरले आयोजना गरेको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समुहमा नवनियुक्त तृतीय श्रेणीका अधिकृतको ३८ औ आधारभूत प्रशासन प्रशिक्षणको दीक्षान्त समारोहमा मन्त्री गुप्ताले हामी सबै सामु परिचित हुन भेटघाट हुने पर्छ भन्ने छैन कामले सबैमा चिन्ने बन्नु पर्ने वताए ।

दीक्षान्त समारोहमा १०५ जना शाखा अधिकृतलाई बधाई दिँदै उनले आफूलाई परीक्षण गर्न मोका पाएको त्यसको नतिजा पनि राम्रै हुने बताए । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई जनताको हितमा प्रयोग गर्न साथै इमान्दारिताका साथ सेवाग्राहीको कामलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । साथै उनले प्रशिक्षार्थीहरुलाई कसैको मोलाहिजा र प्रलोभनमा नपरी आफ्नो प्रतिभा, क्षमता र कार्यशैलीद्वारा छिटो र चुस्त सेवा प्रवाहमा ध्यान दिनु पर्ने वताए ।

राष्ट्रको बारेमा चिन्ता गर्दै निजामती सेवामा अनुचित कार्यहरू नगरी कुनै प्रभाव र दबावमा नपरी साधन स्रोतको उच्चतम प्रयोगद्वारा राष्ट्रसेवा गर्ने जिम्मेवारी सम्हाल्न तयार रहनु पर्ने मन्त्री गुप्ताले बताए ।

मन्त्री गुप्ताले सकारात्मक सोच र आचरणलाई अनुसरण गरी सार्वजनिक जीवनका हरेक जिम्मेवारी उत्साहित र उत्प्रेरित रूपमा निर्वाह गर्दै र सार्वजनिक हितलाई केन्द्र बिन्दुमा राखी नागरिक र राष्ट्रको अपेक्षा अनुरूप नागरिक सन्तुष्टि प्राप्तिको लागि कर्म, धर्म र मर्मले आफ्नो जीवन सार्वजनिक सेवामा समर्पित गर्नुहुने भन्नेमा पूर्णरुपमा बिश्वस्त हुँदै नवनियुक्त शाखा अधिकृतहरुको सफलता र उत्तरोत्तर प्रगतिको कामनासहित सबैलाई शुभकामना दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अहिलेको संकटको एकमात्रै समाधान तेस्रो जनआन्दोलन हो : प्रभु साह

कालिका टाईम्स

जसपाकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न, डेढ सय जनालाई मेयर सिंहले गराए प्रबेश

कालिका टाईम्स

परवानीपुरमा दोस्रो अध्यक्ष कप शुरु

कालिका टाईम्स
SQL requests:214. Generation time:6.594 sec. Memory consumption:82.46 mb