2 April 2025
KALIKATIMES.COM

केन्द्रिय सदस्यमा निर्वाचित बिकाश र मनोजलाई भव्य स्वागत

वीरगंज । नेपाल सुन चाँदी व्यवसायि महासंघको केन्द्रिय सदस्यमा पर्साबाट निर्वाचित सदस्यहरुलाई आइतबार वीरगंजमा भव्य स्वागत गरिएको छ ।

शनिबार काठमाडौंमा सम्पन्न दोस्रो बैठकबाट स्थायि आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित बिकाश कुमार सर्राफ र केन्द्रिय सदस्यमा निर्वाचित मनोज कुमार सर्राफ(सतेन्द्र सर्राफ)लाई गृह नगर वीरगंजमा भव्य स्वागत गरिएको हो ।

केन्द्रिय सदस्यद्वव सहित पर्सा सुन चाँदी व्यवसायि संघका अध्यक्ष भुलन सर्राफलाई पनि दोसल्ला, फुलमाला लगाई स्वागत गरिएको थियो । पर्सा सुनचाँदी व्यवसायि संघको अगुवाई कार्यक्रममा सुनचाँदी व्यवसायि महासंघ मधेश प्रदेशका महासचिव, कोषाध्यक्ष लगायत सयौंको सहभागिता थियो ।

सो अवसरमा नव निर्वाचित केन्द्रिय सदस्यहरुलाई वीरगंज घण्टाघरमा फुलमाला लगाई सोनारपट्टि परिक्रमा गराउदै प्रत्येक पसलहरुमा लड्डु बाडिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.039 sec. Memory consumption:82.47 mb