2 April 2025
KALIKATIMES.COM

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

वीरगंज । वीरगंजमा करेन्ट लागेर एक जना विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २५ निवासी रामबाबु चौधरी मलाहाको करेन्ट लागेर मृत्यु भएको हो ।

वीरगंज महानगरपालिका वडा नम्बर १२ को वडा कार्यालय नजिकै विद्युतीय पोलमा चढेर मर्मतको काम गर्दैगर्दा अचानक करेन्ट लागेर मलाहा पोलबाट लडेर घाइते भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङ्गले जानकारी दिए ।

उनकाअनुसार मलाहाको उपचारको क्रममा गण्डकस्थित वयोद्या मेडिसिटी हस्पिटलमा निधन भएको हो । मुचुल्काको काम सकेर शवलाई नारायणी अस्पतालमा सनाखतका लागि पठाउने तयारी भइरहेको उनले बताए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.645 sec. Memory consumption:82.45 mb