वीरगंज । आइपीभी खोप अभियान २०८१ बारे अभिमुखिकरण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । स्वास्थ्य कार्यालय पर्साको आयोजनामाजिल्ला खोप समन्वय समिती तथा संचारकर्मीहरुकाे लागि बिरगंज हेल्थ केयरमा भएकाे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।
यही जेठ १३ गते शनिबारदेखी संचालन हुने खोपका लागी पर्सामा ३१ हजार ८ सय १२ जनालाई खोप लगाउने लक्ष्य रहेकाे छ । मधेशमा २ लाख ९२ हजार ९ सय ५९ र देशमा १४ लाख ६२ हजार ७ सय १२ जनालाई लक्ष्य लिएको हो । २ चरणमा लगाईने खोप अभियान १३ गतेदेखि १६ गते सम्म र दोस्राे चरणको २० गते देखी शुरु भई २३ र २६ गते सम्म सम्पन्न हुने छ ।
खोप कार्यक्रममा ७ सय ८ जना स्वास्थ्यकर्मी, १ हजार ४ सय १६ जना स्वयमसेवक ३ जना डाक्टर परिचालन हुने छन । २०७३ साल बैशाखदेखी २०७५ आश्विनमा जन्मेको बालबालिकाहरुलाई यो खोप लगाउने भएको खोप अधिकृत जयमोद ठाकुरले बताए ।
खोपको बारेमा प्रस्तुती गर्दै खोप अधिकृत जयमोद ठाकुरले २०१० देखि आज सम्म पोलियो नदेख्नुका कारण नियमिती रुपमा खोप संचालनमा रहेको र ईमान्दारी पुर्बक स्वास्थ्यकर्मीहरु लागी परेका कारण रहेको बताए ।
उनले पाकिस्तान र अफगनिस्तानका कारण अहिले सम्म खोप संचालनमा रहेको समेत बताए । पाकिस्तान र अफगानीस्तान पोलियो देखिएका कारण यसबाट मुक्ती नपाईएको उनले बताए ।
खोप समन्वय समिती पर्साका अध्यक्ष तथा जिल्ला समन्वय समिती पर्साका सभापति निरन्जन कुमार सर्राफको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह, जिल्ला समन्वय समितिका उपसभापति पुरन पटेल लगायत संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस