24 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नारायणी अस्पतालमा छात्रासंग याैन दुर्व्यवहार गर्ने चाैरसियालाई बचाउन विभिन्न चलखेल

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीले अस्पतालमा प्रेटिकलका लागि आउने छात्राहरुसंग याैन दुर्व्यवहार गर्ने गरेकाे आराेप लागेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १९ बिन्दवासिनी निवासी ३० बर्षिय अगन्ध चाैरसियाले याैन दुर्व्यवहार गरेकाे भन्दै १७ बर्षिय र २२ बर्षिय छात्राले आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी दिएका छन् ।

अस्पतालको आकस्मिक कक्षमा कार्यरत सीएमए चौरसियाले सोही शाखामा अन द जब ट्रेनिङ (ओजेटी) का रूपमा कार्यरत रहेकी दुई जना छात्रासँग यौन प्रस्ताव राख्दै दुर्व्यवहार गरेको आरोप लागाउँदै पिडित छात्राहरुले उजरी दिएका हुन् ।

पीडित मध्येका एक छात्राका अनुसार आकस्मिक कक्षमा कार्यरत चौरसियाले लामो समयदेखि ओजेटीमा आउने छात्राहरूलाई विभिन्न किसिमको प्रलोभन तथा धाक धम्की दिएर अनैतिक क्रियाकलाप गर्न दबाब दिँदै आएका छन् ।

उनले कालिका टाईम्ससंग कुरा गर्दै भनिन स्वयम् आफुलाई चाैरसियाले बैशाख ६, ७ र ८ गते लगातार डियुटकाे क्रममा याैन दुर्व्यवहार गर्दै मानसिक तनाव दिएकाे वताइन । त्यसपछि आफु दाईकाे विहेमा गएकाे र विहेबाट फर्केर आउँदा पनि त्यस्तै हर्कत दाेहाेर्‍याउँदै धम्की समेत दिएपछि आफुले बाध्य भएकाे प्रहरीमा उजरी दिएकाे वताइन ।

विभिन्न शैक्षिक संस्थाबाट ओजेटीका रूपमा आउने छात्राहरूलाई चौरसियाले आफूले भने जस्तो नगरेको खण्डमा राम्रो अङ्क नदिने जस्तो धम्की समेत दिने गरेको पीडित उनले बताइन ।

प्रहरीले समेत आफूलाई सहयोग नगरेको छात्राको आरोप छ । ‘हामीलाई मिलापत्र गर्न प्रहरीबाट नै दबाब आइरहेको छ,’ उनले भनिन्, ‘दोषीलाई कारबाही गर्ने ठाउँमा प्रहरीले हामीलाई नै उल्टै अनावश्यक प्रश्नहरू गरेर दबाब दिन खोजिरहेको छ । मिलापत्र गरिहाल भन्ने किसिमको कुरा गर्दै छ ।’

पिडितहरुले उजरी दिएपछि प्रहरीले आराेपित चाैरसियालाई साेही दिन नियन्त्रणमा लिएकाे हाे । पिडितले दिएकाे उजरीकाे आधारमा अनुसन्धान गर्न आइतबार नै चाैरसियालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

कार्य क्षेत्रमा याैन दुर्व्यवहारकाे मुद्दा प्रहरीलाई हेर्न नमिल्ने भन्दै पक्राउ परेका चाैरसियालाई आज छाेड्न लागिएकाे उनले वताए । कार्य क्षेत्रमा याैन दुर्व्यवहारकाे मुद्दा जिल्ला प्रशासनले हेर्न अधिकार रहेकाे डिएसपी थापाले वताए । नत्र पिडितले सिधै अदालत जान्न मिल्ने उनकाे भनाई थियाे ।

यता केही नेताहरुकाे दबावमा प्रहरी आराेपित चाैरसियालाई छाेड्न लागेकाे बुझिएकाे छ । नेताहरुकाे दबावका कारण प्रहरीले मुद्दा दर्ता नगरी विभिन्न बहाना बनाउँदै यसरी नै छाेडन लागेकाे हाे ।

यस बिषयमा बुझ्न पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालसंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.093 sec. Memory consumption:81.48 mb