2 April 2025
KALIKATIMES.COM

मन्दिरमा तोडफोड गर्ने युवक पक्राउ

वीरगंज । सर्लाहीमा मन्दिरमा तोडफोड गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–८ का ३३ वर्षीय राकेश बैठा रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरिक्षक श्याम कुमार महताेले जानकारी दिए ।

प्रवक्ता महताेका अनुसार मलंगवा नगरपालिका–८ स्थित राजदेवी मन्दिर र मलंगवा नगरपालिका–९ स्थित झिलमिलिया माई मन्दिर भित्र रहेको मूर्ति तोडफोड गरेको आरोपमा बैठालाई पक्राउ गरिएको हो ।

मंगलबार साँझ बैठाले मन्दिर तोडफोड गरेको प्रहरीले जनाएको छ । बैठालाई धर्म सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेकाे मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ९ को धर्म सम्बन्धी कसुरमा धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षति पु¥याए धर्म सम्बन्धी कसुरमा अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.692 sec. Memory consumption:82.46 mb