2 April 2025
KALIKATIMES.COM

नेकपा एकीकृत समाजवादीमा वीरगंजका सयाैं जनाले गरे प्रबेश

राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना छैन : अध्यक्ष नेपाल

वीरगंज । नेकपा (एकिकृत समाजवादीका) अध्यक्ष माधव कुमार नेपालले नेपालमा अब राजतन्त्र फर्कने सम्भव नभएकाे बताएका छन् । वीरगंजमा आयाेजित पार्टी प्रबेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले भने, “याे देश राजामहाराजाकाे देश हाेइन । जनताकाे देश हाे । अब राजा आउने कल्पना नगरे हुन्छ ।”
 
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले राजतन्त्र वा राजा फर्केर आउने कुनै सम्भावना नरहेकाे जिकिर पनि गरे । उनले देशमा भ्रष्टाचारका विरुद्ध नेकपा  एकिकृत समाजवादी अगाडि बढेकाे बताए । उनले भने,`देशलाई समृद्धिकाे बाटाेमा लैजान नेताहरु भ्रष्टचारबाट बाहिर निस्कनु पर्छ, मुलुक भ्रष्टाचार मुक्त हुनु पर्छ ।”
 
नेपालले युवाकाे विदेश पलायन राेक्न देशभित्रै कृषिको आधुनिकीकरण र व्यवसायिकरण गर्नुपर्नेमा जाेड दिए । यसका साथै नेपालसित पैसाको कमी भएका कारण विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्ने उनकाे भनाई थियाे । 
 
नेपालमा खनिज पदार्थको उत्खन्न गर्न सके देशमै नयाँ नयाँ उद्योगधन्दा बिस्तार गर्न सकिने नेपालले वताए । ‘धेरै–धेरै खनिज पदार्थ उत्खन्न गर्नुभयो भने खनिज पदार्थबाट पनि नयाँ–नयाँ उद्योग धन्दा खेल्न सकिन्छ,’ उनले भने, ‘हामीकहाँ बरु पैसा कम छ, विदेशीलाई नेपालमा लगानी गर्न आकर्षित गर्नुपर्छ।’
 
एकीकृत समाजवादी पर्साकाे आयाेजनामा भएकाे कार्यक्रममा विभिन्न दलबाट सायाैं जनाले एकीकृत समाजवादीमा प्रबेश गरेका थिए ।
 
कार्यक्रममा वीरगंजका व्यवसायी कुन्दन राैनियारकाे नेतृत्वमा विनाेद गुप्ता, संताेष गुप्ता, रुपक सर्राफ, रवि राैनियार, मदन राैनियार, राजु साह, लक्की राैनियार, अरमेन्द्र चाैरसिया, रणजित कर्ण, विकाश राैनियार, राकेश केशरी लगायतले एकीकृत समाजवादीमा प्रबेश गरेका थिए ।
 
यसैगरी वीरगंज २९ का मधु प्रसाद महताे, अविनाश महताे, पवन कुमार मण्डल, सूर्य महताे, वीरगंज १६ का रंजित साह कलवार, संदिप पटेल, विकी पटेल, वीरगंज २१ का हेमन्त चाैहान, विवेक मुखिया, विजय यादव, वीरगंज ११ का अर्जुन जयसवाल, उदय सर्राफ लगायतकाले पार्टीमा प्रबेश गरेका थिए ।
 
एकीकृत समाजवादी पर्सा जिल्ला अध्यक्ष बाल गाेपाल थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीका केन्द्रिय सचिव एवम् पूर्व मन्त्री नागेन्द्र चाैधरी, प्रतिनिधि सभा सदस्य किशान श्रेष्ठ, पार्टीका पाेलिट ब्यूराे सदस्य रामचन्द्र साह, सरला यादव, पुष्पा कर्ण, चिरन्जीवी अचार्य, दिनेश राई, लेखा समिति सदस्य किशाेरी कुशवाहा, पर्सा जिल्ला उपाध्यक्ष गंगा खड्का, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवनान लगायतकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रमकाे संचालन पर्सा जिल्ला सचिव बिक्रम चाैरसियाले गरेका थिए । 
 

यस अघि बाराकाे परवानीपुर गाँउपालिका वडा नम्बर ५ बहुवरीमा पनि नेकपा एकीकृत समाजवादीकाे पार्टी प्रबेश कार्यक्रम भएकाे थियाे । कार्यक्रममा विभिन्न दल परित्याग गरी एक सय भन्दा बढी नेता कार्यकर्ता एकिकृत समाजवादीमा प्रवेश गरेका थिए ।

नेकपा एकिकृत समाजवादीका परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष रामकेश्वर पटेलकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रममै अनिल कुमार साहकाे अध्यक्षतामा नेपाल रिटर्नी एशाेसियसनकाे बारा जिल्ला कमिटी गठन पनि गरिएको थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:212. Generation time:2.929 sec. Memory consumption:82.45 mb