2 April 2025
KALIKATIMES.COM

राँगाको मुर्ती भत्काएकाे आराेपमा ६ जना पक्राउ

वीरगंज । वीरगंज महानगरपालिकाले केही दिन अघि मात्रै महानगरपालिकाकाे वडा नम्बर २१ हनुमान चौकमा साैन्दर्यकरणका लागि राखेकाे राँगाको मुर्ती भत्काएकाे आराेपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएकाे छ ।

मूर्ति भत्काएको आरोपमा ६ जना स्थानीय युवालाई वडा प्रहरी कार्यालय श्रीपुरले नियन्त्रणमा लिएको छ । स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्तव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

यसमा संलग्न अन्यको खोजी भइरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए । उनकाअनुसार उनीहरुविरुद्ध सार्वजनिक सम्पतीको कसुरमा मुद्दा लगाउने तयारी छ । 

त्रिभुवन राजपथ अन्तर्गत वीरगंज प्रवेश गर्ने परवानीपुरको चेकप्वाइन्ट निर राखिएको उक्त मुर्ती शनिवार स्थानीयले भत्काइदिएका हुन् । हनुमान मन्दिर चोकमा राँगाको मूर्ति राखेर अपमान भएको भन्दै स्थानीयले उक्त राँगाको मुर्ती हटाउन दबाब दिँदै आएका थिए ।

स्थानीयले यसअघि वीरगंज महानरपालिकाका प्रमुख राजेशमान सिंहको ध्यानाकर्षण गराउँदै मुर्ती हटाउन माग समेत गरेका थिए । ध्यानाकर्षण गराउँदा पनि मुर्ती नहटाएपछि स्थानीयले आफै भत्काएका हुन् । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:4.988 sec. Memory consumption:82.46 mb