31.5 C
Birgunj
22 October 2024
KALIKATIMES.COM

ट्राफिक प्रहरी पर्सा‍द्वारा ३ महिनामा २५ लाख राजश्व संकलन

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले आर्थिक वर्ष २०८०/०८१ को ३ महिना मै रु. २५ लाख ३० हजार ५० राजश्व संकलन गर्न सफल भएको छ ।

पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाका अनुसार श्रावण महिनामा २ सय ७१ वटा ट्रक, ७१ वटा कार/जिप/भ्यान, ३ वटा ट्रेक्टर, ३ सय ३३ मोटरसाइकल र ३६ वटा टेम्पोलाई कारवाही गरि जम्मा रू. ६ लाख २६ हजार ५ सय राजश्व संकलन गरेको थियो ।

यसैगरी भदौ महिनामा ५ सय ४३ ट्रक, २ वटा बस, १ सय ११ वटा कार/जीप/भ्यान, १० वटा ट्रेक्टर, ६ सय १३ वटा मोटरसाइकल र ३७ वटा टेम्पोलाई कारवाही गरि जम्मा रू. १२ लाख २१ हजार ५ सय राजश्व संकलन गर्न सफल भएको थियो ।

साथै असोज महिनामा अर्थात् प्रहरी निरीक्षक खतिवडाको आगमन संगै राजश्व संगै विभिन्न सवारी साधनहरुको कारवाहीमा बृद्धि पनि हुन थालेको छ ।

असाेजमा ७ सय ९६ ट्रक, २१ वटा बस, २ सय ५ कार/जीप/भ्यान, २८ वटा ट्याक्टर, ८ सय ८४ वटा मोटरसाइकल, ५५ बटा टेम्पोलाई कारवाही गरि जम्मा रू. १९ लाख ३ हजार ५ सय ५० राजश्व संकलन भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ड्राइपोर्ट ट्राफिक प्रहरीले छाडेका ओभर लाेडका गाडीहरुलाई रु दुई लाख १२ हजार जरिवाना

शम्भु कुमार सुमन

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स
SQL requests:216. Generation time:6.980 sec. Memory consumption:81.47 mb