31.5 C
Birgunj
22 October 2024
KALIKATIMES.COM

यात्रुसंग बढी भाडा लिने सुमाेलाई कारवाही

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही थालेकाे छ । वीरगंजबाट काठमाडौं जाने टाटा सूमोले बढी भाडा लिइरहेकाे गुनासाे आएपछि ट्राफिक प्रहरीले कारवाही थालेकाे हाे ।

नियमित चेकजांचकाे क्रममा वीरगंजदेखि काठमाडाैं चल्ने यात्रुहरूसंग बढी भाडा लिएकाे पाइएपछि कारवाही गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक भाष्कर खतिवडाले वताए । साथै बढी  भाडा लिने यात्रुलाई फिर्ता समेत गराइएकाे उनले जानकारी दिए । 

प्रहरी निरिक्षक खतिवडाकाे नेतृत्वमा मंगलबा विहान खटिएकाे प्रहरी टाेलीले वीरगंजबाट काठमाडौँ छुटेकाे ना. १ ज. ७४१९ नम्मबरकाे टाटा सुमाे बढी बढा लिएकाे पाइएपछि वीरगंज बसपार्कबाट नियन्त्रणमा लिएकाे थियाे ।

गाडीमा सवार यात्रुहरुसंग साेधपुछ गर्दा दुई यात्रुसंग १५०० रुपैयाँ भाडा लिएको पाइएकाे थियाे । त्यसपछि ट्राफिक प्रहरीले साे टाटा सुमाे जिल्ला ट्राफिक प्रहरी कार्यालयमा ल्याएर कारवाही गर्नुकाे साथै बढी भाडा यात्रुहरुलाई फिर्ता गराएकाे हाे । 

वीरगंजबाट काठमाडौँ सम्मको भाडा  ८५० रुपैयाँ रहेकाेमा चाडपर्वको मौका छोपी केही सवारी साधनले १५०० रुपैयाँसम्म लिने गरेको गुनासाे ट्राफिक प्रहरीलाई प्राप्त भएकाे थियाे । चाडपर्वको मौका छोपी बढी भाडा लिएको पाइए नजिककाे प्रहरी तथा ट्राफिक प्रहरीलाई खबर गर्न प्रहरी निरिक्षक खतिवडाले आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ड्राइपोर्ट ट्राफिक प्रहरीले छाडेका ओभर लाेडका गाडीहरुलाई रु दुई लाख १२ हजार जरिवाना

शम्भु कुमार सुमन

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स
SQL requests:216. Generation time:2.722 sec. Memory consumption:81.47 mb