30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पिकअपमा लागूऔषध गाँजा बरामद, दुई जना पक्राउ

वीरगंज । हेटाैंडाबाट पथलैया तर्फ जादै गरेकाे पिकअपमा ७० किलाे लागु औषध गाँजा बरामद भएकाे छ । उक्त लागु औषध गाँजा र पिकअप गाडी सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ ।
 
ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चाैकी रातोमाटे मकवानपुरबाट खटिएको संयुक्त टाेलीले मकवानपुर राक्सिराङ गाउँपालिका ५ निवासी २२ बर्षिय सन्देश प्रजा र साेही ठाउँ निवासी ३४ बर्षिय युबराज प्रजालाई नियन्त्रणमा लिएकाे हाे ।
 
हेटौडा उपमहानगरपालिकाकाे वडा नं. १५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व-पश्चिम सडकखण्डमा खटिएकाे चेकिङ टोलीले मंगलबार राति ११ बजे हेटौडाबाट वीरगंज तर्फ जादै गरेको ना ५३ प ३९३० नम्बरको माेटरसाइकलमा सवार दुबै जनामाथि शंका लागेर नियन्त्रणमा लिएकाे थियाे ।
 
चेकजाँच गर्ने क्रममा निजहरुको मोबाईल नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरुको मोबाईल मार्फत हेटौडा बाट पथलैया तर्फ जादै गरेको बा १२ च ९७४२ नं.को पिकअप गाडीमा ला.औ.गाँजा आउदै छ भन्ने सुचना प्राप्त भयाे ।
 
सूचना प्राप्त हुन साथ उक्त पिकअपलाई साेही ठाउँमा रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडक खण्ड तर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएको र सो गाडी चेक जाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागु औषध गाँजा ७० के.जी.फेला परेको जिल्ला प्रहरी कार्यालय मकावनपुरले जनाएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:208. Generation time:3.192 sec. Memory consumption:81.22 mb