Date
सोम, कार्तिक ३, २०८३
Mon, October 19, 2026

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्र पाेखरिया नगर कमिटीले विभिन्न माग सहित बुधबार पाेखरिया नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे छ । २१ बुन्दे माग सहित नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान र प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएको माओवादी केन्द्र पोखरियाका नगर कमिटीका अध्यक्ष पानालाल प्रसाद कुर्मीले जानकारी दिए ।

आर्थिक बर्ष २०८१/०८२ मा वृद्धि गरिएको मालपोत (भुमीकर) संसोधन गर्न, सिफारिस शुल्क सहज सुलभ र अन्य शिर्षकमा गरिएको कर बुदी आर्थिक मन्दिको मारमा परेका जनताको अवस्थालाई मध्य नजर गरि खारेज गर्न, पोखरिया अस्पताल तथा स्वास्थ्य चौकीहरु मा नेपाल सरकारबाट पाउनु पर्ने निशुल्क औषधीहरुको व्यवस्थापन गर्न, पोखरिया अस्पतालमा जनतालाई पाउनु पर्ने नेपाल सरकारबाट सुबिधाहरु सहज रुपमा उपलब्ध गराउन माग गरिएकाे उनले वताए ।

यसैगरी ज्ञापन पत्र मार्फत पर्सा जिल्लाको श्री जिल्ला उच्चांगल रामदेव कलवार मा.वि. मा स्नातक तहको अध्यन अध्यापनको लागी सुचारु गर्नलाई पहल गर्न र पोखरिया नगरपालिकामा रहेका विद्यालयहरुमा आवश्यक विषयगत शिक्षकहरुको व्यवस्थान गर्न लगायतकाे समेत माग गरिएकाे छ ।

माओवादी केन्द्र पाेखरिया नगर अध्यक्ष कुर्मीकाे नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएकाे टाेलीमा नगर उपाध्यक्ष हरेन्द्र महताे चाई, नगर सचिव लक्ष्मीनारायण ठाकुर, कोषाध्यक्ष सोवालाल ठाकुर, सदस्य धन्सुनर कुर्मी, देबेन्द्र साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...