24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजस्थित एक गाेदाममा प्रहरीकाे छापा, ८ सय केजी काजु बरामद

दिपु बर्णवाल /
वीरगंज । सशस्त्र प्रहरीले वीरगंजबाट साेमबार ठूलाे मात्रामा अवैध काजु बरामद गरेकाे छ । सशस्त्र प्रहरी १३ नम्बर गण पर्साकाे टोलीले वीरगंज महानगरपालिका वडा नं १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडी सिर्सिया पुल नजिकरहेको बजरंग टोलमा एक गोदाममा छापामारी गरेर अवैध काजु बरामद गरेकाे हाे ।

सशस्त्र प्रहरी नायब उपरिक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा १० जना र वीरगंज भन्सार कार्यालय पर्साका भन्सार अधिकृत दिपेन्द्र शर्मा पौडेलको कमाण्डमा रहेको ७ जना प्रहरी सहितको संयूक्त टोलीले ८ सय केजी काजु बरामद गरेकाे जनाएकाे छ ।

वीरगंज १० स्थित मंगनी राउतकाे घरमा भन्सार छली गरि ल्याइएकाे काजु बरामद गरिएको प्रहरी नायब उपरिक्षक सिंहले जानकारी दिए । बरामद काजुको अनुमानित मूल्य ७ लाख २० हजार रुपैयाँ रहेको उनले बताए ।

 बरामद काजु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरी नायब उपरिक्षक सिंहले जानकारी दिए । काजु कसको हो भन्ने कुरा भने अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.707 sec. Memory consumption:81.45 mb