22.7 C
Birgunj
3 April 2025
KALIKATIMES.COM

वीरगंजलाई आर्थिक रुपमा सबल बनाउनु पर्छ : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक नगरीको रुपमा परिचित वीरगंजलाई आर्थिक रुपमा सबल बनाउनका लागि महानगरले काम गरीरहेको महानगर प्रमुख सिंहको भनाई छ ।

मंगलवार भारत गुजरातको क्लस्टर पल्स इकोनोमिक डेभलपमेन्टका संस्थापक एवम् अध्यक्ष डा. जगत शाहसँगको भेटवार्ताका क्रममा उनले आर्थिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रमा विकास गर्न नसकिने धारणा राखे । औद्योगिक एवम् आर्थिक नगरी वीरगंजमा डा. शाहलाई स्वागत गर्दै उनले समृद्धि र विकासका लागि आर्थिक, भौतिक एवम् नीतिगत सहयोग र सहकार्यका लागि महानगर तयार रहेको बताए ।

डा. शाहले पनि भारतको तर्फबाट दीगो उपलब्धी हुने खालका योजनामा लगानी गर्न तयार रहेको बताउँदै त्यसको लागि वातावरण निर्माण गर्न आग्रह गरे । नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्ध रहेको स्मरण गर्दै उनले भारतीय लगानी ल्याउने वातावरण बनाउनुपर्ने आवश्यक्ता औल्याए ।

सो अवसरमा वीरगंज महानगरपालिकाका आर्थिक सल्लाहकार एवम् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, वरिष्ठ पत्रकार एवं विश्लेषक चन्द्रकिशोर झा, भारतीय दुतावास वीरगंजका प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अहिलेको संकटको एकमात्रै समाधान तेस्रो जनआन्दोलन हो : प्रभु साह

कालिका टाईम्स

जसपाकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न, डेढ सय जनालाई मेयर सिंहले गराए प्रबेश

कालिका टाईम्स

परवानीपुरमा दोस्रो अध्यक्ष कप शुरु

कालिका टाईम्स
SQL requests:214. Generation time:4.071 sec. Memory consumption:82.46 mb