24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सशस्त्र प्रहरीद्वारा प्रसाैनीबाट २६ भैंसी नियन्त्रणमा

वीरगंज । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको पशु चौपाया सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल प्रसाैनी भाठाबाट खटिएकाे प्रहरी गस्ती टाेलीले बिहिबार विहान २६ वटा भैंसी नियन्त्रणमा लिएकाे हाे ।

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएकाे पशु चाैपाया विन्दवासिनी गाउँपालिकाकाे वडा नं. ५ स्थित प्रसाैनी पुलबाट नियन्त्रणमा लिइएकाे सशस्त्र प्रहरी बल बिओपी प्रसाैनीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

प्रहरी निरिक्षक थापाकाे नेतृत्वमा रहेकाे प्रहरी गस्ती टाेलीलाई देख्नै वितिक्कै तस्करहरु भैंसी छाेडी फरार भएकाे उनले वताए । 

बरामद गरिएको राँगा भैंसीको बजार मूल्य ५ लाख रहेको अनुमान सशस्त्र प्रहरीले गरेको छ । नियन्त्रणमा लिइएका भैंसीलाई भन्सारमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.321 sec. Memory consumption:81.44 mb