2 April 2025
KALIKATIMES.COM

विपीएस प्लस २ कलेजमा निःशुल्क दन्त शिविर सम्पन्न

वीरगंज । वीरगंजस्थित विपीएस प्लस २ कलेजको आयोजनामा शुक्रबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको लागि निःशुल्क रूपमा आयोजना गरिएको शिविरमा २९० जना विद्यार्थीहरूको दाँत चेकअप गरिएको थियो ।

एमबी केडिया डेन्टल कलेजको विशेष सहयोगमा सो शिविर सम्पन्न भएको हो । डेन्टल कलेजका प्रधानाध्यापक डा. मनोज उपाध्याय, डा. सुधीर दास लगायतको टिमले विद्यार्थीहरूको दात चेकअप गरेका थिए ।

बिपीएस कलेजका सञ्चाक मुकेश गुप्ताको अध्यक्षतामा सम्पन्न शिविरमा कलेजका शिक्षक, शिक्षिका, विद्यार्थी, लगायतहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डा. मनोज उपाध्यायले यस कलेजसंग मिलेर काम गर्न पाउदा खुशी लागेको बताए । साथै बिपिएस +२ कलेगका फाउन्डर मुकेश गुप्ताले डा. उपाध्यायको सम्पूर्ण टिमलाई सम्मन्न समेत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:3.691 sec. Memory consumption:82.46 mb