2 April 2025
KALIKATIMES.COM

ताैल ढाँटेर मल बेच्ने थारु धराैटीमा रिहा

वीरगंज । कम ताैल गरी मल बिक्री गरेकाे आराेपमा पक्राउ परेका सहकारी संचालक धराैटीमा रिहा भएका छन् । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ८ हरपुरबाट पक्राउ परेका बनहरबाबा कृषि सहकारी संस्था पर्सागढी नगरपालिका वडा नं. ५ का संचालक विनाेद चाैधरी थारु धराैटीमा रिहा भएका हुन् ।

मंगलबार पक्राउ गरिएका थारुलाई रु ३ लाख ५८ हजार ५०० धराैटीमा बुधबार छाेडिएकाे गुणस्तर तथा नापताैल कार्यालय वीरगंजका अनुसन्धान अधिकृत संजिव कुमार ठाकुरले जानकारी दिए । सरकारी वकीलकाे प्रतिवेदन आइसकेपछि उनलाई अदालत पेश गरिने अनुसन्धान अधिकृत ठाकुरले वताए ।

उनी विरुद्ध नापताैल कसुरमा कारवाही अगाडी बढाइएकाे वताउँदै अधिकृत ठाकुरले कसुर ठहर भए ३ बर्ष सम्म कैद र ३० हजार जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेकाे वताए । 

इलेक्ट्राेनिक तराजुलाई नै बनाएर यर्थात ताैल भन्दा कम ताैल गरेर डिएपी मल बिक्री गरिरहेका अवस्थामा मंगलबार थारु पक्राउ परेका थिए ।

स्थानियहरुका अनुसार उनले बिक्री गरेकाे ३० किलाे मल अरु तराजुमा ताैल गर्दा २६ केजी मात्र भएकाे पाइएपछि मल लिन पुगेका कृषिकहरु हुहल्ला गर्दै इलाका प्रहरी कार्यालय एकटांगालाई खबर गरेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय एकटा‌ंगाबाट पुगेकाे प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे थियाे ।

उनले प्रयाेग गर्दै आएकाे इलेक्ट्राेनिक तराजुमा १० केजी ताैल गर्दा १३ केजी र २० केजी ताैल गर्दा २५ केजी देखाउने गरेकाे थियाे ।  स्थानिय कृषकहरु उनले प्रयाेग गर्दै आएकाे तराजु पनि नियन्त्रणमा लिएर गुणस्तर तथा नापताैल कार्यालय वीरगंजलाई बुझाएका छन् ।   

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.160 sec. Memory consumption:82.47 mb