24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

सशस्त्र प्रहरीद्वारा रु २४ लाख बराबरकाे पशुचाैपाया पक्राउ

वीरगंज । सशस्त्र प्रहरीले रु २४ लाख १० हजार बराबरको पशुचाैपाया नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रहरी उपरिक्षक सुमन थपलियाकाे कमाण्डमा खटिएको अनुगमन टोलीले पर्साकाे बिन्दवासिनी गाउँपालिका र बहुदरमाई नगरपालिकाबाट ६५ वटा पशुचाैपाया नियन्त्रणमा लिएकाे हाे ।

आइतबार सांझ ५:०० बजे पर्साकाे बिन्दवासिनी गाउँपालिका १ स्थित गदौलाबाट र  साेही दिन सांज ६:४५ बहुदरमाई नगरपालिका २ स्थित तिलाबे खोलामा जनिकबाट रु २४ लाख १० हजार बराबरको पशुचाैपाया नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल अलाैंका प्रहरी नायब उपरिक्षक याेगेश बरालले जानकारी दिए ।

भारतबाट ल्याइरहेकाे साना ठूला भैंसी ५६ वटा, पाडी ३ वटा र पाडा ६ वटा गरी ६५ वटा पशुचौपाया नियन्त्रणमा लिई आवश्यक कारबाही प्रकृयामा रहेको उनले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.622 sec. Memory consumption:81.45 mb